Prakash Adhikari January 5, 2018

काठमाडौं, २० पौष । बिहीबार बसेको परिषद्को बैठकले न्यायपरिषद्ले चार उच्च अदालतमा मुख्य न्यायाधीश सिफारिश गरेको छ।

परिषद्को बैठकले जनकपुर, तुलसीपुर, सुर्खेत र दीपायल उच्च अदालतमा मुख्य न्यायाधीश सिफारिश गरेका हो।

बैठकको निर्णयअनुसार न्यायाधीश उदय चापागार्इँँलाई जनकपुरमा , नहकुल सुवेदीलाई तुलसीपुरमा, हरि पोखरेललाई सुर्खेतमा र यज्ञ बस्याललाई दीपायलमा न्यायाधीशमा सिफारिश गरिएको छ ।

मुख्य न्यायाधीश सिफारिश भएका सुवेदी सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार हुन भने अन्य तीन जना उच्च अदालतका न्यायाधीश हुन।

नेपालको संविधान अनुसार प्रधान न्यायाधीशले न्याय परिषद्को सिफारीशमा उच्च अदालतका मुख्य न्यायाधीशको नियुक्ति गर्ने व्यवस्था छ ।

Share Now

Leave a comment.