Prakash Adhikari July 4, 2019

लण्डन(संयुक्त अधिराज्य), १८ आषाढ । एकदिवसीय क्रिकेट विश्वकपको बुधबार भएको ४१ औं खेलमा न्युजिल्याण्डलाई १ सय १९ रनले पराजित गर्दै आयोजक इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ।

खेलमा पहिले ब्याटिंग गर्दै इंग्ल्याण्डले दिएको ३ सय ६ रनको लक्ष्य पछ्याएको  न्युजिल्याण्डले निर्धारित ५० ओभरको खेल ४५ ओभर पुग्दा १ सय ८६ रन मै सम्पूर्ण विकेट गुमाएर नतिजा आयोजकलाई सुम्पियो।

३ सय ६ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डको लागि टम लाथमले सर्वाधिक ५८ रन बनाए भने रस टेलरले २८ तथा केन विलियमसनले २७ रन बनाए। त्यस्तै जेम्स् नसिमले १९,मिचेल सान्टनरले १२,मार्टिन गुप्तिलले ८, टीम साउथी र म्याट हेनरीले ७/७, टे्र्ण्ट बल्टले ४ र ग्राण्ड होमल ३ रनमात्र जोडन सके ।

England 1 Jason Roy, 2 Jonny Bairstow, 3 Joe Root, 4 Eoin Morgan (capt), 5 Ben Stokes, 6 Jos Buttler (wk), 7 Chris Woakes, 8 Liam Plunkett, 9 Adil Rashid, 10 Jofra Archer, 11 Mark Wood

New Zealand 1 Martin Guptill, 2 Henry Nicholls, 3 Kane Williamson (capt), 4 Ross Taylor, 5 Tom Latham (wk), 6 James Neesham, 7 Colin de Grandhomme, 8 Mitchell Santner, 9 Tim Southee, 10 Matt Henry, 11 Trent Boult

न्युजिल्याण्डलाई रोक्ने क्रममा इंग्ल्याण्डका मार्क वुडले ३ विकेट तथा क्रिस वोक्स, जोफ्रा आर्चर, लियाम प्लंकेट, आदिल रशिद र बेन स्टोक्सले १ /१ विकेट लिए।

यस अगाडि चेस्टर ला स्टिटको रिभरसाइड मैदानमा टस जितेर ब्याटिंग गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरको खेलमा ३ सय ५ रन बनाएको थियो । ।

इंग्ल्याण्डका लागि जाने वियरेष्टोले १ सय ६ , इओन मोर्गनले ४२, जो रुटले २४, आदिल रसिदले १६, लियम प्लुंकेटले १५, जस बटलर र बेन स्ट्रेकले ११/११, क्रिश ओकले ४ र जोफ्रा आर्चरले १ रन बनाए ।

इंग्ल्याण्डलाई रोक्ने क्रममा न्युजिल्याण्डका ट्रेन्ट बोल्ट , म्याट हेनरी र जिमेस निशमले ले २ / २ तथा टिम साउदीले र मिचेल स्यांटनर ले १ /१ विकेट लिए।

यो जितसंगै इंग्ल्याण्ड २७ बर्षको अन्तरपछि एक दिवसीय क्रिकेट विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । उसले हालसम्म क्रिकेट विश्वकप उपाधि जित्न सकेको छैन। १९७५ देखि १९९२ को विश्वकपसम्म लगातार ५ पटक सेमीफाइनल पुगेको इंग्ल्याण्ड १९९२ पछि सेमीफाइनल पुग्न सकेको थिएन।

आजको खेललाई निकै अधैर्यताका साथ हेरिएको थियो । आज जुन टिमले जिते पनि त्यो टिम सेमीफाइनलमा जाने पक्का थियो। यस अघिनै अस्ट्रेलिया र भारत सेमीफाइनल प्रवेश गरिसकेका थिए ।

World Cup

TEAM M W L PT NRR
AUS 8 7 1 14 1
INDIA 8 6 1 13 0.811
ENG 9 6 3 12 1.152
NZ 9 5 3 11 0.175
PAK 8 4 3 9 -0.792
SL 8 3 3 8 -0.934
BDESH 8 3 4 7 -0.195
SA 8 2 5 5 -0.08
WI 8 1 6 3 -0.335
AFG 8 0 8 0 -1.418

 

जितेको इंग्ल्याण्डले लिग चरणको ९ खेलमा ६ जित र ३ हार सहित १२ अंक जोडेको छ भने पराजित न्युजिल्याण्ड अंकतालिकामा चौथो स्थानमा रहेको छ। उसले ९ खेलमा ५ जित , ३ हार र १ बराबरी सहित ११ अंक जोडेको छ।

इंग्ल्याण्डको जितले पाकिस्तानको भने सेमीफाइनल पुग्ने सम्भावना अब लगभग समाप्त भएको छ। पाकिस्तानको भन्दा नेट रन रेट निकै राम्रो भएकोले न्युजिल्याण्ड सेमीफाइनल पुग्ने पक्का जस्तै छ।

पाकिस्तानले सेमीफाइनल पुग्न अब अन्तिम खेलमा बंगलादेशलाई निकै ठूलो अन्तरले पराजित गर्नुपर्छ जुन त्यति सहज छैन् । दुई देश बीच खेल जुलाई ५ मा खेलिनेछ।

Share Now

Leave a comment.