Prakash Adhikari July 5, 2019

काठमाडौं , २१ आषाढ । अदालतबाट भएको कैद सजाँय भुक्तान नगरीकन जेलबाहिरबाटै सोउपर पुनरावेदन गराईपाउन सर्वोच्च अदालतमा निवेदन गएका नेपाल प्रहरीका पूर्व आईजीपी रमेश चन्द ठकुरीलाई पहिले भैसकेको फैसला कार्यान्वयन गर्न सर्वोच्च अदालतले  प्रहरी लगाएर डिल्लीबजारस्थित सदर खोरमा पठाइएको दुई दिनमात्र भएको छ । सुडान काण्डमा दोषी ठहरिनुभएका पूर्व आइजीपी चन्दलाई १ वर्ष कैद र ४० हजार जरिवानाको फैसला सुनाइएको थियो। उहाँसँगै दोषी ठहरिएका पूर्व आइजीपी द्धय ओमविक्रम राणा र हेमविक्रम गुरुङले सजाय भुक्तान गरे पनि चन्द भने फरार रहँदै आउनुभएको थियो।

तर अपराधीहरुको लागि गजब नेपालमा रमाइलो समाचार आएको छ, भक्तपुर जिल्ला अदालतले २०७६ असार ६ गते एक बर्ष कैद र ५० रुपैया जरिबाना गरेका एक अभियुक्तले आज दिउँसो माइतीघर मण्डलामा जुुलुससहित पत्रकार सम्मेलन गर्ने ठूलो तयारी गरेको समाचार सामाजिक सञ्जालमा आएको छ ।

सुवर्ण समशेर राणा नामक व्यक्तिको भक्तपुरको दिव्येश्वरीमा रहेको जग्गा उनका हकदारबाहेकका व्यक्तिलाई दिलाउन किर्तेकागजात बनाएर,सरकारी छाप र दस्तखत समेत किर्ते गरेको अभियोगमा परेको सरकारवादी मुद्दामा उहाँलाई अदालतबाट सो आदेश भएको थियो ।

युवराज कोइराला नामक व्यक्ति राजा महेन्द्रले २०१७ सालमा लोकतन्त्रको अपहरण गरेपछि २०१५ सालको जन निर्वाचित संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीका नेताहरुलाई सम्पत्ति उपभोगको अधिकारबाट बन्चित गराएर राजाको कदम विरुद्ध हुने विद्रोहलाई निस्तेज बनाउन ल्याइएको विशेष परिस्थिति ऐन अन्तरगत जफत भएको सुवर्ण समशेरको जग्गा फिर्ता गराउन, सो जग्गामा मोही लाग्ने अवस्था सिर्जना गराउन, मोहीहरुको भागवण्डा गराउन,तिनीहरुको जग्गा बेचविखन गरी कमिशन खान र धम्क्याएर महिनाबारी असुल्न नपाएपछि त्यसका विरुद्धमा लागी आफ्नै जिल्लाका गृहसचिव प्रेमकुमार राई र पूर्वसचिव शारदाप्रसाद त्रिताललाई उपयोग गरेर एक तथ्य रहित प्रतिवेदनका आधारमा कब्जा गरेको सम्पत्ति मुआब्जा लिएर अधिग्रहण गरिएको निष्कर्ष निकालेर कांग्रेसका संस्थापक नेता, नेपालका पहिला अर्थमन्त्री सुवर्ण शमशेरलाई विवादित बनाउने धन्दामा लागेका छन् ।

उनीहरुले तथ्यको कति तोडमोड गरेका रहेछन भन्ने एउटा प्रमाण आशा न्यूनले पाएको छ , त्रिताल समितिले १८अगष्ट २०१८ मा नयाँ पत्रिकाका निस्केको सागरसमशेर राणाले सुवर्णसमशेरको जग्गा जफत नभएको मुआब्जा लिएको कुरा बताएकोले सो जग्गा अधिग्रहण गरिएको निष्कर्ष निकालेको थियो ।

तर त्रिताल समितिको प्रतिवेदनको अनुसूचिमा संलग्न नयाँ पत्रिकाले यस्तो लेखेको छ ,‘ ..सुवर्ण समशेरले पार्टीको खर्च व्यहोर्नुहुन्थयो ।सुवर्ण समशेर जतिको हैसियत दाइको वा हाम्रो परिवारको थिएन ।दोस्रो विश्व युद्धको समयमा कोलकोत्तामा मन्दी आयो,सम्पत्तिको भाउ घट्यो । यही मौकामा सुवर्ण समशेरको परिवारले कोलकोत्तामा धेरै सम्पत्ति किन्यो जुन पछि महंगो भयो ।’

यसमा सागर समशेरले सुवर्ण समशेरको परिवारलाई राणाकालमा उपत्यका बाहिर लेखेटिएको बेलाको कुरा उठाउनुभएको छ । दोस्रो विश्वयुद्धको समय त्यतिबेला पर्दछ र इतिहासको सामान्य जानकारी समेत नभएको त्रिताल समितिले भने त्यसलाई २०१७ सालको सन्दर्भमा जोडेर २०१७ साल पछि कोलकोत्तामा जमीन जोडेकोले मुआब्जा लिएको निष्कर्ष निकालेको छ । इतिहासमाथिको यत्रो खेलवाड गर्ने दुस्साहस गर्ने कुपात्रहरुले गरेको पत्रकार सम्मेलनमा प्रहरीले सुरक्षा देला कि पक्राउ गर्ला ?

फरार अभियुक्तहरुको सम्मेलनमा के कस्ता व्यक्ति उपस्थित होलान ? जवरजस्ती झूटको पुलिन्दा बनाएर बालुवाटार प्रकरणमा नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शमसेर र उहाँको परिवारको इतिहास समाप्त गर्न खोज्ने र महेन्द्रको कदमलाई उचित ठहर्याउने अधिनायकवादीहरुको प्रेत सम्मेलन सत्य तथ्य खोज्ने पत्रकारहरुको उपस्थिति कस्तो होला ? हुन त नेपालको मिडीया मिडिया नभएर भेडिया भएको चर्चा पनि चल्ने गरेको छ ।

Share Now

Leave a comment.