Prakash Adhikari August 6, 2019

काठमाडौं,२० साउन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र संचालकलाई उमेर हद तोकेको छ ।

राष्ट्र बैंकले सोमबार जारी गरेको बैंक तथा वित्तीय संस्थाको कार्यकारी अध्यक्ष र संचालकको उमेरको हद निर्धारण गरेको हो ।

निर्देशिकामा उल्लेख भए अनुसार सञ्चालकको लागि ७० वर्षको उमेर हद तोकेको छ । राष्ट्र बैंकले निर्देशिका कार्यान्वयनमा आएपछि ७४ वर्ष नाघेको व्यक्तिले तत्कालै पद छाड्नुपर्ने बताएको छ ।

यस्तै निर्देशिकामा प्रमुख कार्यकारी अधिकृतको हकमा ६५ वर्षको उमेर हद तोकिएको छ ।

निर्देशिका लागु हुनु अगाडि नियुक्त भएपनि ६९ वर्ष उमेर पुगेका व्यक्ति सिइओ रहिरहन सक्दैनन् ।

Share Now

Leave a comment.