Prakash Adhikari August 8, 2019

नयाँदिल्ली(भारत),२३ साउन(बीबीसी) । विवादित कश्मीर क्षेत्रमा तनाव चर्कँदै गर्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रलाई सम्बोधन गर्दै कश्मीरको विशेष हैसियतसम्बन्धी धारा ३७० को खारेजीको बचाउ गरेका छन्।

मोदीले उक्त धाराले कश्मीरलाई कुनै लाभ नदिएको दाबी गरे।

उनले भने, “धारा ३७० र ३५ क ले जम्मू-कश्मीरलाई पृथकतावाद आतङ्कवाद परिवारवाद अनि व्यवस्थापनमा ठूलो भ्रष्टाचारबाहेक केही दिएको थिएन।”

मोदीले सरकारको निर्णयले कश्मीरको वर्तमान सुध्रिने र भविष्य सुरक्षित हुने तर्क पनि गरे।

अवस्था

यसैबीच भारत-प्रशासित कश्मीरमा ३ सयजनाभन्दा धेरैलाई पक्राउ गरिएको बताइएको छ। त्यहाँ इन्टरनेट तथा फोन लाइन बन्द छन्।

अस्थायी हिरासत कक्षमा त्यहाँका राजनीतिज्ञ, अभियानकर्मी, अगुवा, व्यापारी तथा कलेजका प्राध्यापक राखिएका छन्।

सोमवार भारत सरकारले संसद्‌मा उक्त निर्णय गर्नुभन्दा पहिल्यैदेखि कश्मीर पूर्ण बन्दको अवस्थामा रहेको छ।

भारत प्रशासित कश्मीरमा पाँच सय जनाभन्दा बढीलाई पक्राउ गरिएको बताइएको छ।

कश्मीरमा सेना
सो घटनाक्रम लगत्तै पाकिस्तानले भारतसँगको द्विपक्षीय व्यापार स्थगन गरेको थियो, जसप्रति भारत सरकारले बिहीवार दुःख प्रकट गरेको छ।

स्थानीय प्रहरीले रोयटर्स समाचार संस्थालाई विरोध प्रदर्शन रोक्न पक्राउ गरिएको बताए। एक प्रहरी अधिकारीले मानिसहरू निकै आक्रोशित भएको बताए।

बीबीसी संवाददाताहरूले केही विरोध प्रदर्शनकारीहरूले सुरक्षा फौजलाई ढुङ्गा हानेको देखेका छन्।

बन्द कश्मीरबाट पहिलो भिडिओ‌ सामग्री

साथै त्यहाँका बासिन्दाले हिंसा भड्किने चिन्ता व्यक्त गरेका छन्। एकजना पर्यटन व्यवसायी इकबालले कश्मीरका जनता निकै रिसाएको भन्दै ती ज्वालामुखी जस्तो भएको र कुनै समय विस्फोट हुने बताए।

भारत-प्रशासित कश्मीरमा गरिएका कडाइहरूबारे गम्भीर चासो व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घले त्यहाँ “मानवाधिकारको स्थिति झन् बिग्रिन सक्ने” भन्दै चिन्ता व्यक्त गरेको छ।

राष्ट्रसङ्घका एक प्रवक्ताले कश्मीरमा सञ्चार बन्द गरिएको, नेताहरूलाई पक्राउ गरिएको र राजनीतिक भेला गर्न प्रतिबन्ध लगाइएकोबारे चासो व्यक्त गरेका छन्।

Share Now

Leave a comment.