नयाँ दिल्ली(भारत), २२ पौष । चारा घोटालाकाण्डमा दोषी ठहरिएपछि भारतको बिहार राज्यका मूख्यमन्त्री लालुप्रसाद यादवलाई साढे तीन वर्षको जेल सजाय भएको छ ।
चारा घोटालामा देउघर कोषागारबाट ८९ लाख, २७ हजार रुपैयाँको अवैध निकासी मामिलामा राँचीको सीबीआई अदालतले बिहारका पूर्व मुख्यमन्त्री एवम् राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवलाई साढे तीन वर्षको सजाय र १० लाख रुपैया जरिवाना तोकेको हो ।
सीबीआर्र्ई अदालतका न्यायमूर्ति शिवपाल सिंहले लालूलाई यो सजाय सुनाएका हुन ।
लालुप्रसादको छोरा तजस्वीले अदालतको आदेशको पाठ हेरेपछि आफूहरु जमानतका लागि उच्च अदालत जाने बताएका छन् । लालुप्रसादलाई अहिले विर्सा मुण्डा सेन्ट्र्ल जेलमा राखिएको छ ।
यस मामिलामा अदालतले फुल चन्द, महेश प्रसाद, सुनिल कुमार, बाँकी जूलियस, सुधीर कुमार र राजा रामलाई पनि साढे तीन वर्ष जेल सजाय सुनाएको छ । उनीहरुमाथि पनि जनही ५ लाख रुपैया जरिबाना तोकिएको छ ।
पूर्व विधायक जगदीश शर्मा लाई अदालतले ७ वर्षको सजाय र २० लाख रुपैपाँ जरिवान गर्ने फैसला सुनाएको छ ।
यस मामिलामा शुक्रवार लालुप्रसाद, आरके राणा, जगदीश शर्मा तथा तीन वरिष्ठ पूर्व आईएएस अधिकारीसमेत १६ जनाको सजायबारेमा अदालतमा लामो बहस भएको थियो । विशेष अदालतले २३ डिसेम्बरमा चारा घोटालाको मामिलामा लालुप्रसाद समेत १६ आरोपीलाई दोषी ठहर्याएको थियो ।
राष्ट्रिय जनता दल (राजद) प्रमुख लालुप्रसादले शुक्रवार सीबीआईको विशेष अदालतले सुनाइएको सजायलाई लिएर केही नरम हुन आग्रह गरेका थिए । लालु प्रसादलेका वकील चितरञ्जन कुमार लालुप्रसादलाई कम भन्दा कम सजाय दिन भनेका थिए ।
उनले लालुको खराब स्वास्थ्यका कारण अदालतलाई नरम भइदिन अनुरोध गरेका थिए । उनको ‘मुटुको भल्भ’ फेरिएको छ। उनी कयौँ बिरामीका कारण औषधि पनि खाइरहेका छन् ।
चारा घोटाला काण्डमा लालुप्रसाद यादवलाई जेल सजाँय भएको यो दोस्रो पटक हो । सन २०१३ मा पनि उनलाई जेल सजाय भएको थियो । २ बर्ष ३ महिना बसेपछि सर्बोच्च अदालतले उनलाई जमानतमा रिहा गर्न आदेश दियो । र उनी छुटे ।