Prakash Adhikari August 13, 2019

काठमाडौं, २८ साउन । सर्वोच्च अदातलले प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरलाई पुन काममा फर्कन आदेश दिएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको एकल इजलासले राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको उमेर हद तोक्ने निर्देशिका संविधान अनुकूल नभएको भन्दै रीट निवेदक मानन्धरलाई पूर्ववत काममा फर्कन अन्तरिम आदेश दिएको हो ।

नेपाल राष्ट्र बैंकले साउन २० गते जारी गरेको एकीकृत निर्देशिकामा प्रमुख कार्यकारी अधिकृतको उमेरको अधिकतम हद ६५ बर्ष तोक्दै कार्यरत सीइओहरुको हकमा ६९ बर्ष पुगेपछि कामलाई निरन्तरता दिन नपाउने प्रावधान राखेपछि उहाँले बैंकबाट विदा लिएर नेपाल राष्ट्र बैंकको निर्देशिकाको सो खण्डको विरुद्धमा सर्वोच्च अदालतमा रीट निवेदन दिनुभएको थियो ।

 

Share Now

Leave a comment.