Prakash Adhikari August 22, 2019

 

काठमाडौं, ५ भाद्र । सेप्टेम्बर ५ देखि १५ तारिखसम्म श्रीलंकामा आयोजना हुने एसीसी अन्डर १९ एसिया कप प्रतियोगिताको लागि नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ।

रोहित पौडेलको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टीममा , ऋत गौतम , पवन सर्राफ, आसिफ शेख, सन्दीप जोरा, भिम सार्की, हरिबहादुर चौहान, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडक बोहरा, सूर्य तामांग, लोकेश बम , प्रतिश जीीसी रहेको छन् ।

घोषित टिममा ब्याटिंगमा रोहित पौडेल, रित गौतम, हरि बहादुर चौहान, कुशल मल्ल, सन्दीप जोरा, भिम सार्की, खडक बोहरा, लोकेश बम छन् भने बलिंगतर्फ प्रतिश जिसी, सूर्य तामांग, सागर ढकाल, रासिद खान, कमल सिंह ऐरी रहेका छन्। पवन सर्राफ र कुशल मल्ल अलराउण्डरको रुपमा टीममा रहेका छन्।

१५ सदस्यीय टिमसंगै यो पटक ५ जना सपोर्ट स्टाफ समेत श्रीलंकामा रहनेछन्। टिम प्रशिक्षकमा बिनोद दास रहेका छन् भने ब्याटिंग कन्सल्टेन्ट अपुर्व देसाई रहेका छन्। यस्तै नेपाली राष्ट्रिय टीमका पूर्व कप्तान राजु खड्का व्यवस्थापकको रुपमा रहनेछन् भने फिजियो बिक्रम न्यौपाने र फिटनेस ट्रेनर सुबास पात्रो रहनेछन्।

प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली भदौ ७ गते शनिवार श्रीलंका प्रस्थान गर्नेछ । नेपाली टोलीले अभ्यास खेल पनि उतै खेल्ने योजना बनाएको छ । नेपाली टिमलाई श्रीलंकामा भारतीय प्रशिक्षक अपूर्व देसाईले सघाउने छन्।

नेपालको समूहमा श्रीलंका, बंगलादेश र युएई रहेका छन्। यस्तै अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन्। दुवै समूहमा सबै टीमले एकर्का बिरुद्ध १ । १ खेल खेल खेलेपछि शीर्ष स्थानमा रहने २ । २ टीम सेमीफाइनल प्रवेश गर्नेछन्।
नेपालले आयोजक श्रीलंकासंग सेप्टेम्बर ६ मा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ भने यस्तै दोश्रो खेल बंगलादेशसंग सेप्टेम्बर ८ मा तथा तेश्रो खेल युएईसंग १० मा खेल्नेछ।


नेपालले गत जुलाईमा मलेसियामा आयोजित एसीसी अन्डर १९ इस्टर्न प्रतियोगिताको फाइनलमा हंगकंगलाई पराजित गरी यु १९ एसिया कपको लामोे यात्रा तय गरेको थियो ।

यु१९ एसिया कपको मलेसियामा आयोजित २०१७ को अघिल्लो संस्करणमा नेपालले समूह चरणमा भारतलाई पराजित गर्दै पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको थियो। सेमीफाइनलमा भने नेपाल अफगानिस्तानसंग पराजित भएसगै नेपालको यात्रा टुंगिएको थियो ।

प्रशिक्षक बिनोद दासले एसीसी सामु प्रतियोगिताको लागि टेस्ट रास्ट्रसंग अभ्यास खेल खेलाउनको लागि अनुरोध गरिएको बताउनुभएको छ । नेपालले श्रीलंकामा ३ वटा अभ्यास खेल खेल्ने कार्यतालिका बनाएको छ ।

नेपाली अन्डर १९ टीमलाई श्रीलंकामा भारतीय प्रशिक्षक अपुर्व देसाईले प्रशिक्षण दिने छन्। देसाईले यस अघि पनि नेपाली रास्ट्रिय क्रिकेट टीम र अन्डर १९ टीमलाई प्रशिक्षण दिइसकेका छन् ।

Share Now

Leave a comment.