Prakash Adhikari August 25, 2019

 

काठमाडौं,७ भाद्र । यू१९ एसिया कपका लागि नेपाली टोली शनिवार  श्रीलंका उडेको छ ।

कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा ऋत गौतम, पवन शर्राफ, मोहम्मद आशिफ शेख, सन्दीप जोरा, भीम सार्की, हरिबहादुर चौहान, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरी, सागर ढकाल, खडक बहादुर बोहरा, सूर्य तामाङ, लोकेशबहादुर बम र प्रतिस जिसी रहेको टोलीले यु १९ एशिया कपमा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्दैछ ।

नेपाली टोलीमा प्रशिक्षक विनोद दास, म्यानेजर राजु खड्का, ब्याटिङ प्रशिक्षक अपुर्भा देसाई, फिजियोमा बिक्रम न्यौपाने र ट्रेनर सुवास पात्रो सम्मिलित हुनुहुन्छ ।

श्रीलंकामा नै अभ्यास खेल खेल्ने तयारीको साथ नेपाली टोली नेपाली टोली निर्धारित समयभन्दा पहिले नै कोलम्बो गएको हो । बर्षाले बारम्बार बाधा पुर्याएकोले घरेलु क्रिकेट मैदानमा राम्रो अभ्यास गर्न नपाएको नेपाली टोलीले श्रीलंकामा ए डिभिजनका स्थानीय क्लवसँग तीनवटा अभ्यास खेल खेल्नेछ ।

नेपाली युवा टिमलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले शुभकामनासहित विदाई गर्नुभएको थियो ।

नेपाली कप्तान रोहित पौडेलले घरेलु तयारी सोचेको जस्तो नभएपनि आफुहरुले श्रीलंकामा अन्तिम तयारी गरेर एसिया कपमा राम्रो गर्ने बताउनुभयो । उहाँले टिममा यसपटक सबै अनुभवी खेलाडी रहेकाले एसिया कपमा सेमिफाइनलसम्म पुग्ने संभावना रहेको समेत बताउनुभयो ।

यस्तै प्रशिक्षक विनोद दासले विश्वकप छनौटमा दुर्भाग्यपूर्ण तवरले पराजित हुनु परेपनि एसिया कपमा राम्रो नतिजाको अपेक्षा रहेको बताउनुभयो ।

समुह बी मा रहेको नेपालले पहिलो खेलमा श्रीलंकासँग सेप्टेम्बर ६ मा खेल्नेछ । त्यसपछि सेप्टेम्बर ८ मा नेपालको प्रतिद्धन्द्धी बंगलादेश रहेको छ । समुहको अन्तिम खेलमा नेपालले सेप्टेम्बर १० मा युएईसँग खेल्नेछ । समुहका दुई शीर्ष टिमले सेमिफाइनलमा स्थान बनाउनेछन ।

Share Now

Leave a comment.