काठमाडौं, १० भाद्र । सिटिजन्स् बैंक इन्टरनेशलले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिनेभएको छ।
बैंक सञ्चालक समितिको भदौ ९ गते सोमबार सम्पन्न बैठकले सेयरधनीहरुलाई १२ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
बैंकले चुक्ता पूँजी ८ अर्ब ३७ करोड १० लाख ६४ हजार ७ स ७३ रुपैयाँको १२ प्रतिशतले हुने १ अर्ब ४५ लाख २७ हजार ७ सय ७३ रुपैयाँ नगद र २५ करोड ११ लाख ३१ हजार ९ सय ४३ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने छ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र सेयरधनीले पाउनेछन्।
सिटिजन्स बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासम्मामा एक अर्ब ११ करोड ९४ लाख ६६ हजार रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको थियो। बैंकले १ अर्ब ४८ करोड ८४ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।


















