Prakash Adhikari August 29, 2019

कान्साई एअरपोर्ट (ओशाका, जापान), १२ भाद्र । बाह्र बर्षपछि नेपालको राष्ट्र्यि ध्वजाबाहक विमान पहिलोपल्ट जापानको आशोका शहर निकट समुन्द्रको बीचमा रहेको सुन्दर एअरपोर्ट कान्साई अन्तर्राष्टिय विमानस्थलमा उत्रेको छ ।

नेपालको राष्टिय ध्वजाबाहक विमानले आफ्नो बेडामा गतबर्ष बाइडबडीका विमान थपिएपछि पहिलो लामो दूरीको गन्तव्यमा उडानभर्ने क्रममा जापानको ओशाकाको कान्साई विमानस्थलमा पहिलोपल्ट सेवा सुचारु गरेको हो ।

काठमाडौंबाट बिहिबार बिहान २ बजेर ३० मिनेटमा त्रिभुवन विमानस्थलबाट १ सय ३४  जना यात्रुसहित उडान गरेको नेपाल वायुसेवा निगमको  नाइन एन एएलजेड कल साइनको बाइडबडीको मकालु विमान स्थानीय समय अनुसार दिउँसो ११: ५५ बजे कान्साई विमानस्थल उत्रेको थियो ।

पहिलो उडानबाट आएका यात्रुहरुलाई नेपालबाट गएका सांस्कृतिक टोलीले स्वागत गरेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाको नेतृत्वमा मन्त्रालयका सहसचिव, निगम सञ्चालक समितिका सदस्यहरु, पर्यटन व्यवसायसंग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र कुटनीतिक नियोगका प्रतिनिधिहरुसहितका अतिथिहरु पहिलो उडानबाट जापान आईपुग्नुभएको छ ।

पहिलो उडानमा नेपाल पर्यटन बोर्डका सञ्चालक समितिका पदाधिकारी र कर्मचारीहरु तथा नेपाल भ्रमण बर्ष २०२० को सचिवालयका प्रतिनिधिहरु पनि आएका छन् ।

जापानमा नेपाल वायुसेवा निगम, नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण बर्ष २०२० र जापानस्थित निगमका प्यासेन्जर सेल्स एजेण्टहरुले ओशाकामा नेपालबाट ओशाका पहिलो उडान सुरु भएको उपलक्ष्यमा ओशाका र टोकियोमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भएका छन् ।

 

नेपाल वायुसेवा निगमले आफ्नो बेडामा एअरबसको ३३० २४३ सेरिजका २ सय ७४ सीटयुक्त विमानहरु थपेपछि पहिलो लामो दूरीको गन्तव्य अन्तरगत ओशाकामा पहिलो उडान थालेको हो । यद्यपि निगमले ३० अक्टोवर १९९४ देखि काठमाडौंबाट चीनको सांघाई हुँदै ट्रान्जिटबाट ओशाका उडान सुरु गरेको थियो । पछि निगमसंग जहाजको कमीको कारण उडानमा अनियममितता हुन थालेकोले १२ अप्रिल २००७ पछि उडान स्थगित गरेको थियो ।

निगमले मंगलबार, बिहीबार र शनिबार एक हप्तामा तीन उडान गर्ने कार्यतालिका बनाएको छ। तीन उडान गर्न कुल २५ जना पाइलट खटिनेछन्, त्यसमध्ये १५ पाइलट विदेशी छन् ।

ओसाकाबाट स्थानीय समय अनुसार १ बजेर ५५ मिनेटमा ४५ जना यात्रुसहित उडान गरी बिहिबार अपरान्ह ६ः०० बजे काठमाडौं आइपुग्ने छ ।

Share Now

Leave a comment.