Prakash Adhikari August 30, 2019

ललितपुर, १३ भाद्र । नेपाल प्रहरीको अनुसन्धान व्यूरो(सीबीआई)ले नेपाल संयुक्त राष्ट्र संघीय शान्ति मिसन अन्तरगत सुडानमा खटिने नेपाल प्रहरीका लागि आवश्यक आर्मर्ड पर्सनल क्यारियर(एपीसी) सहितका बन्दोबस्तीका सामानहरु खरिदको अनियमितामा मुछिएका ठेकेदार शम्भु भारती पक्राउ गरको छ।

सुडान मिसनका लागि सामान किन्दा २८ करोड ४० लाख भ्रष्ट्राचार भएको मुद्दामा सर्वोच्च अदालतले भारती सहित नेपाल प्रहरीका तात्कालीन महानिरीक्षकहरु ओमविक्रम राणा, हेमबहादुर गुरङ, रमेशचन्द्र ठकुरीलाई दोषी ठहर गरेको थियो। अरु पक्राउ परे र जेल गएपनि यसका डिजाइनर भारती भने शक्तिकेन्द्रको आडमा प्रहरीलाई अटेरी गरी राजधानीमा घुमिरहेका थिए।

सो ठेक्कामा आपूर्तिको जिम्मा पाएको एस्युर्ड रिस्क कम्पनीका नेपाली एजेन्टका रुपमा रहेका भारतीलाई उक्त प्रकरणमा अदालतले एक बर्ष कैद र १४ करोड २० लाख जरीवाना तोकेको थियो।

राजनीतिक शक्तिको आडमा बच्दै आएका भारतीको पक्राउले अब भ्रष्टहरुलाई राज्यले नछोड्ने संकेत मिलेको छ ।

४० करोडको खरिदमा २८ करोड ४० लाख भ्रष्टाचार भएको सुडान काण्डका तुलनामा २४ अर्ब रुपैयाका दुईवटा एअरबस ३३० २४३ सेरिजका वाइडबडी जहाज खरिद गर्दा भएको ६ अब ५९ करोड(सार्वजनिक लेखा समितिले ४ अर्ब ३५ करोड ५६ लाख) रुपैया घोटालाका खलनायकहरुलाई अख्तियारले मुद्दा चलाउने दिन धेरै टाढा नभएको छनक मिलेको छ ।

Share Now

Leave a comment.