Prakash Adhikari September 2, 2019

काठमाडौं, १६ भाद्र । नेपाली नारीहरुको महान पर्व हरितालिकाको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली चेलीहरुलाई राष्ट्रप्रमुख विद्यादेवी भण्डारी,सरकार प्रमुख के.पी. शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धिका साथै पारस्पारिक सद्‍भावको शुभकामना व्यक्त गर्नुभएको छ।

आफ्नो शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले साँस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको तीजमा नेपाली नारीहरुले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि ब्रत बसेर भगवान शिव–पार्वतीको पूजा आराधना गर्ने प्रचलन रहेको उल्लेख गर्दै यसले नेपालीहरुलाई एकताको सूत्रमा आबद्ध गर्दै धार्मिक सहिष्णुता तथा सद्‍भाव कायम गर्न सघाउउने विश्वास व्यक्त गर्नुभएको छ ।

Women in red sari standing in line to pray and make offerings of flowers, fruits, incense, at the nearest Shiva temple on the day of Teej.

उहाँले सन्देशमा भन्नुभएको छ, नेपाली मौलिक संस्कृति सम्वर्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचार जीवन शैली अपनाउनका लागी यस्ता चाडपर्वहरुको गरिमालार्इ सम्मानजनक बनाईराख्‍नु आजको आवश्यकता हो।
यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले तीज पर्वले महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने उल्लेख गर्र्दै नेपालमा महिला अधिकारको प्रयोग विश्वमै गौरव गर्न लायक भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले नेपालमा महिलाको प्रतिनिधित्व संसदमा ३३ प्रतिशत र स्थानीय तहमा करिब ४१ प्रतिशत पुगेको तथ्य उल्लेख गर्दै प्रधानमन्त्रीले आउँदा दिनहरुमा महिला र पुरुषबीच सारभूत समानताका व्यवस्था अझ सुदृढ हुने विश्वास गर्नुभएको छ ।

सम्बन्धित छवि

त्यस्तै संघीय संसदमा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हरितालिका तीज पर्वको अवसरमा आफू र पार्टीका तर्फबाट शुभकामना व्यक्त गर्दै भन्नुभएको छ, हाम्रो देश अनेक धर्म, अनेक संस्कृति र अनेक पर्वले समृद्ध छ । यी पर्व हाम्रा पहिचान हुन्, गौरव हुन् । अनेक विमतिहरुका विचमा पनि हाम्रो समाजमा सौहार्दता र एकतालाई मजवुत तुल्याउन पर्वहरुले योगदान गर्दै आएका छन् । अतः सबै खाले पर्वमा आपसी प्रेम, सदभाव, विश्वास र भाईचारा व्यक्त गर्ने हाम्रो परम्पराले हाम्रो समाजलाई एक साझा फूलवारीका रुपमा प्रतिविम्वित गर्दै आएको छ ।

उहाँले तीजमा चेलीहरु माइत आउने र पारिवारिक सम्बन्धलाई अझ हार्दिक बनाउने भएकोले यसको विशेष महत्व भएको पनि उल्लेख गर्नुभएको छ ।

Share Now

Leave a comment.