काठमाडौं, १९ भाद्र । नेपाली खेलाडी सन्दीप लामिछाने समेत सहभागी भएको क्यारेबियन प्रिमियर लिग(सीपीएल) २०१९ को आजबिहानदेखि(स्थानीय समय अनुसार सेप्टेम्बर ४) मा पोर्ट अफ स्पेनमा सुरु भएको छ ।
पहिलो खेल त्रिंबागो नाइट राइडर्स र सेन्ट किट्स एण्ड नेभिस प्याटियोटर्सबीच भैरहेको छ । खेलमा पहिले ब्याटिड. गरेको त्रिंबागो नाइट राइडर्सले सेन्ट किट्सलाई १ सय ५३ रनको चुनौति दिएको छ ।
Patriots XI: 1 Evin Lewis, 2 Jason Mohammed, 3 Kjorn Ottley, 4 Devon Thomas (wk), 5 Mohammad Hafeez, 6 Carlos Brathwaite (capt.), 7 Usama Mir, 8 Rayad Emrit, 9 Fabian Allen, 10 Sheldon Cottrell, 11 Alzarri Joseph.
TKR XI: 1 Lendl Simmons, 2 Denesh Ramdin (wk), 3 Kieron Pollard (capt.), 4 James Neesham, 5 Seekkuge Prasanna, 6 Sunil Narine, 7 Tion Webster, 8 Khary Pierre, 9 Anderson Phillip, 10, Javon Searles, 11 Mohammad Hasnain.
त्रिंबागोले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउदै १ सय ५२ रन बनाएको थियो । उसका लागि कैरन पोलार्डले ४७, जेम्स निशम र दिनेश रमदिनले ३३ । ३३, लिण्डल सिमन ११,स्कान्टलबुरी सेर्लिजले ८ र टियन वेवस्टारले ६ रनको योगदान दिए ।
सेन्ट किट्स एण्ड नेभिस प्याटियोटर्सले त्रिंबागोलाई रोक्ने क्रममा शेल्डन कोर्टेल र रायड इम्रिटले ३ । ३ तथा अल्जारी जोसेपले १ विकेट लिए ।
नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध बार्बाडोस त्रिडियन्टले भने पहिलो खेल सेप्टेम्बर ८को राति(सेप्टेम्बर ९ को बिहान) गुयना अमेजन वारियर्ससंग हुँदैछ ।



















