सानेपा(ललितपुर),१९ भाद्र । नेपाली कांग्रेसले पार्टीको सुदृढीकरण र सरकारका गलत कार्यका विरुद्ध जनचेतना अभिबृद्धि गराउने उद्देश्यले कांग्रेसका संस्थापक नेता,सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १०६ औं जन्म जयन्तीका दिन भदौ २४ गतेदेखि प्रारम्भ हुने हिमाल, पहाड, तराई–मधेश जागरणको दोस्रो चरणको अभियान सुरु गर्ने भएको छ ।
दोस्रो चरण पन्ध्र दिने रहेको छ । भदौ २४ गते प्रारम्भ हुने दोस्रो चरण असोज ७ गते समापन हुनेछ । कांग्रेसले यस चरणमा ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा एक एक जना केन्द्रीय प्रतिनिधि खटाउने छ । कांग्रेस प्रवक्ता शर्माले दोस्रो चरणको अभियान बढी अन्र्तक्रियात्मक हुने र पार्टीका नेता एवं प्रतिनिधिहरूले बोल्ने कम सुन्ने बढी प्रकृतिका कार्यक्रम निर्धारित भएको र अभियान अन्तरगत अन्तिम दिन असोज ७ गते जिल्ला स्तरीय आमसभा गर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसले अभियानको आरम्भ जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्तीको प्रतिक स्वरूप प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा १०६ विरूवा वृक्षारोपण गरेर दोस्रो चरणको अभियानको उद्घाटन गरिने बताएको छ । कांग्रेसले वृक्षारोपणका अतिरिक्त स्थानीय आवश्यकता अनुरुप रूख विरूवाको गोडमेल, घेराबेरा या यस्तै रचनात्मक कार्य गर्ने र विपीको तस्वीरमा माल्र्यापण गरेर १ मिनेटको मौनधारण पश्चात वृक्षारोपण प्रारम्भ गर्ने बताएको छ ।
विशेष सामाजिक संवाद
दुई तिहाईको कम्युनिष्ट सरकारले शासन सम्हालेको दुई वर्ष समेत पुग्नु अघि नागरिक पंक्तिमा सरकारप्रति आशा, विश्वास र भरोसा हट्दै गएर एक ढंगको वितृष्णा समाजमा बढ्दै गएको छ । अत यस्तो परिस्थितिमा जागरण अभियानको क्रममा नेपाली कांग्रेस देशव्यापी रूपमा समाजिक संवादमा सहभागी हुनेछ ।
यस अभियानका क्रममा नेपाली समाजका विभिन्न समुदाय, वर्ग, पेशा र क्षेत्रका प्रतिनिधिसंग संवाद गर्ने उहाँहरूका ज्वलन्त प्रश्न, पिडा र अपेक्षाहरुको संबोधन गर्ने,वर्तमान सरकारसँग उहाँहरूका अपेक्षा के थिए र आजको समयमा कस्तो परिणाम अनुभूति र समिक्षा गरिरहनु भएको छ त्यसको जानकारी लिने र वर्तमानमा नेपाली कांग्रेससँग उहाँहरूका प्रष्ट अपेक्षाहरू के छन् तिनलाई बुझ्ने कार्य नेपाली कांग्रेसका प्रदेश र जिल्ला तहका नेता र कार्यकर्ताहरुले गर्नुहुनेछ ।
यस अभियानको दोस्रो चरण क्रममा पार्टीको केन्द्रीय प्रतिनिधिहरूले सम्बन्धित प्रदेश सभा क्षेत्रभित्र परम्परा, अन्धविश्वास र अप्रिय घटनाहरू भएका छन्, छैनन् त्यसबारे आवश्यक छलफल र अध्ययन गर्ने र बोक्सी प्रथा, दाइजोको निहुँमा भएका उत्पीडन, जातीय छुवाछुत र विभेद, बाल श्रम शोषण, घरेलु हिंसा, चेलिवेटी बेचबिखन, छाउपडि लगायत अन्य विसंगतिहरूका विरुद्ध आवश्यक चेतना अभिवृद्धि गर्ने कार्य गर्नुहुनेछ ।
अभियान क्रममा प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रमा नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल र नेपाल महिला संघ लगायत भातृ र शुभेच्छुक संस्थामा आवद्ध युवाहरू तथा अन्य असंगठित युवाहरूको देश, लोकतन्त्र र कांग्रेसको आजको सन्दर्भमा विशेष संवादको कार्यक्रम आयोजना गरी विचारहरूसंकलन गरिने र आवश्यकता अनुसार प्रदेश सभा क्षेत्र, गाउँ–नगर या वडा स्तरीय समेत लगिने कांग्रेसले जनाएको छ ।
अभियानका क्रममा नेपालको लोकतान्त्रिक आन्दोलनको सफलता र नेपाली कांग्रेसको जिवन्तताका लागि गर्नुभएको योगदानलाई कदर गर्दै पार्टीका केन्द्रीय प्रतिनिधि र अन्य साथीहरू पार्टीका आदरणीय अग्रजहरु एवं शहीद परिवारप्रति श्रद्धा प्रकट गर्न उहाँहरूको घर आंगनमा पुग्नु हुने कांग्रेसले जनाएको छ । उहाँहरुलाई द्वन्दकालका एवं विभिन्न आन्दोलनका घाइतेहरूको पिडा र आजको स्थिति बुझ्नपनि लगाइने छ ।
अभियानको यो चरणमा पनि विभिन्न राजनैतिक दल परित्याग गरेर नेपाली कांग्रेसमा समाहित हुन चाहनेहरुलाइ प्राथमिकतासाथ पार्टी प्रवेश गराइने कांग्रेसले जनाएको छ ।
यस चरणको मुख्य कार्यको रुपमा कांग्रेसले स्थानीय तहको पछिल्लो चरणको निर्वाचन सम्पन्न भएको दुई वर्षको उपलक्ष्यमा स्थानीय सरकारहरूको दुई वर्षे समिक्षा पनि गर्नेछ । यसक्रममा नेपाली कांग्रेस पार्टीका तर्फबाट उम्मेदवार भई विजयी भएका भएका जनप्रतिनिधि एवं उम्मेदवारहरू तथा पार्टीको स्थानीय समितिहरूका बीच विशेष आन्तरिक बैठक आयोजना गरिनेछ ।
कांग्रेसले यस चरणमा सबै जिल्ला कार्यसमितिहरूलाई आवश्यक संयन्त्र निर्माण गरी क्षेत्र र गाउँ–नगर समितिहरूलाई समन्वय गरी अभिलेख संकलन गर्न, जिल्लाका सबै प्रदेश क्षेत्रमा युवा केन्द्रीत विशेष संवादको सहजीकरण गर्न, प्रदेश सभा क्षेत्रका जागरण कार्यक्रमहरूको आवश्यक समन्वय गर्न, असोज ७ गते अन्तिम दिन जिल्ला स्तरीय विरोध प्रदर्शनको तयारी, व्यवस्थापन र नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ ।
कांग्रेसले जागरण अभियानमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समिति, प्रदेश सभा निर्वाचन क्षेत्रीय समिति, गाउँपालिका–नगरपालिका समिति र वडा समितिहरूले (क) भाद्र २४ को उद्घाटन समारोह,(ख) प्रदेश सभा स्तरीय युवा केन्द्रीत विशेष संवाद, (ग) गाउँ–नगर स्तरीय ‘सामाजिक संवाद’ कार्यक्रम,(घ)स्थानीय तहमा विजयी र उम्मेदवार साथीहरू तथा पार्टी बीच छलफल,(ङ)वडा स्तरीय विशेष अन्र्तक्रिया कार्यक्रम,(च)पार्टी प्रवेशका कार्यक्रमहरू,(छ)असोज ३ गते संविधान दिवसका कार्यक्रमहरू र असोज ७ गते जिल्ला स्तरीय प्रदर्शनमा सबै तहको एकीकृत सहभागिता गर्न आपसी समन्वयका गर्ने विश्वास लिएको छ ।
कांग्रेसले भातृ र शुभेच्छुक संस्थाहरुलाई अभियान सफल बनाउन तोकिएका कार्यक्रमहरु गर्ने र असोज ७ गतेको प्रर्दशनको व्यापकताका लागि केन्द्रीत गर्न निर्देशन दिएको छ ।त्यस्तै विदेशस्थित जनसम्पर्क समितिहरुलाई सम्मानित सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीहरुलाई मतदानको प्रबन्ध मिलाउने व्यवस्था गर्न सरकारका नाममा आदेश जारी गरेको विषयलाई उजागर गन र नेपाली जनसम्पर्क समितिहरूले विदेशमा रहेका सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्दै राजदूतावास र कन्सुलेटमार्फत नेपाल सरकार समक्ष मतदानको अधिकार व्यवस्थापनका लागि ज्ञापनपत्र पेश गर्ने जिम्मेवारी दिइएको छ । त्यस्तै
जिल्ला—काठमाडौँ सम्पर्क समितिहरुलाई अभियानको प्रचारका लागि भूमिका निर्वाह गर्न र जिल्लाका कार्यक्रमहरू सफल पार्न आवश्यक समन्वयसहित रक्तदानलाई निरन्तरता दिने जिम्मेवारी दिइएको छ ।
कांग्रेसले जागरण अभियान अन्तरगत नै असोज ३ संविधान दिवसका कार्यक्रमहरू समायोजित गर्नेछ । जसमा्रदेश सभा कार्यसमितिको आयोजनामा नेपालको संविधान निर्माणमा कांग्रेसले गरेको नेतृत्व, संविधानका विशेषता र आजको दायित्व विषयक अन्तरक्रिया या विचार गोष्ठी गर्ने, साँझ सबै गाउँ–नगरका निश्चित चौक बजारमा दिप प्रज्ज्वलन गर्ने लगायतका कार्यक्रमहरु रहेका छन् ।
कांग्रेसले यो अभियान बढ्दो महंगीका विरुद्ध,भ्रष्टाचार (वाइडबडी, न्यारो वडी प्रकरण लगायत) का विरुद्ध , बढ्दो महिला हिंसा, बलात्कार र हत्याका विरुद्ध,अलोकतान्त्रिक विधेयकहरुका विरुद्ध,कम्युनिष्ट सरकारको सम्पूर्ण कुशासनका विरुद्ध र जिल्लामा सरकारी तवरबाट भएका तथा स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वबाट भएका विसंगतिहरु उजागर गर्ने बताएको छ ।
जागरण अभियानको पूर्वसन्ध्यामा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले यस अभियानका १५ वटा उद्देश्य समयानुकूल परिमार्जित र सान्दर्भिक बनाएर सार्वजनिक गर्नुभएको छ । प्रवक्ता शर्माका अनुसार यस अभियानका उद्देश्यहरु निम्नानुसार छन् :
(१) राष्ट्रव्यापी रुपमा पार्टी पक्तिमा सांगठनिक गति, एकता, समन्वय र हार्दिकता अभिवृद्धि गर्र्दै पार्टी सुदृढिकरणका विविध गतिविधि अघि बढाउदै पार्टी पंक्तिमा जागरण अभिवृद्धि गर्न । यस क्रममा नेपाली कांग्रेससँग एकीकरण भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका विभिन्न तहका साथीहरू एवं अन्य दलबाट प्रवेश गर्नु भएका साथीहरूसँग व्यवहारिक र भावनात्मक समन्वय अभिवृद्धि गर्दै पार्टीलाई सबल बनाउँदै अघि बढ्ने ।
(२) कम्युनिष्ट सरकार बनेको दुई वर्ष समेत नपुग्दै नेपाली समाजमा जे जस्तो असन्तुष्टि, निराशा र वितृष्णाको संकेत देखिएको छ त्यसलाई गम्भीरतापूर्वक लिंदै सामाजिक संवादको माध्यमबाट समस्त जनताको विचार भावना साक्षात्कार गर्न ।
(३) नेपाली कांग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको राजनैतिक उपलव्धी एवं समृद्धिको दिशामा गरिएका काम नागरिक पंक्तिमा ब्यापक ढंगले सम्प्रेषण गर्न ।
(४) वर्तमान सरकारका अनेक भ्रष्टाचार लगायत विसँगतिपूर्ण जनविरोधि कृयाकलाप बारे सविस्तार विवरण आम नागरिकमा व्यापक ढंगले प्रष्ट्याउन । (वाइड वडी, न्यारो वडी लगायत नेपाल वायुसेवा निगममा भएका भ्रष्टचार एवं भ्रष्टाचारका अन्य प्रकरणहरू)
(५) नेपाली समाजमा रहेका अनेक फरक मत, संविधान या राज्यप्रणाली बारेकै विमतिहरु समेतलाई राष्ट्रिय एकताको सुत्रमा गाँस्न आवश्यक छलफल र बहष विभिन्न स्तरमा अघि वढाउन ।
(६) जनता, मतदाता र नेपाली कांग्रेस पार्टीको विभिन्न तहको नेतृत्व र सदस्यहरुबीचको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाउन जनताका अनेक मुद्दामा अग्रसरता लिएर जनताको हितमा पार्टीलाई थप समर्पित गराउन ।
(७) तराई–मधेश लगायत मुलुकको कतिपय भू–भागमा रहेका असन्तुष्टिहरुको समाधान सूत्र विगतमा नेपाली कांग्रेसको नेतृत्वको सरकारले अघि बढाएको संविधान संशोधनको प्रस्ताव नै हो, भन्ने तथ्यलाई आम नागरिकबीचमा प्रस्ट्याउँदै लोकतान्त्रिक संविधानप्रतिको जनविश्वासलाई दिगो बनाउँदै अघि बढ्ने ।
(८) मुलुकको वर्तमान राजनैतिक, सामाजिक, प्रशासनिक एवं कुटनैतिक सम्बन्ध आदि बारे नेपाली बौद्धिक क्षेत्रसँग विशेष अन्तरक्रिया र सैद्धान्तिक सहकार्य अघि बढाउन ।
(९) तिनै तहका सरकारलाई नागरिक हित र मुलुकको समृद्धि सम्वन्धमा निर्वाचनमा मतदातालाई दिलाएको विश्वास बमोजिम कार्य गर्न अपिल गर्दै आवश्यक दबाव बढाउन ।
(१०) नेपाली समाजमा केही समय यता भइरहेका “निर्मला पन्त” प्रकरण झै महिला हिंसाका अनेक घटना र प्रवृतिका विरुद्ध जनचेतना अभिवृद्धि गरी महिला सम्मान र सुरक्षा अभिवृद्धि गर्न÷गराउन ।
(११) नेपाली समाजमा कतिपय ठाउँमा रहेका बोक्सी प्रथा देखि छाउपडि सम्मका अनेकौं सामाजिक विसंगतिको अन्त्यका लागि सार्थक छलफल र पहदकदमी अघि बढाउन ।
(१२) भुकम्प, हावाहुरी, आगलागी, बाढी र अनेक विपदमा भएको धनजनको क्षतिमा प्रभावकारी उद्धार र पुनस्र्थापना अभियानलाई सघाउन तथा यस्तो संभावित विपदमा सर्तकता साथ काम गर्ने “स्वयंसेवी समुह” निर्माणको छलफल प्रारम्भ गर्ने ।
(१३) स्वदेशसँगै विदेशमा रहेका पचास लाखभन्दा बढी नेपालीसँग आफ्नो मातृभूमिमा लोकतन्त्रको रक्षा, संघीयताको सम्बद्र्धन र समृद्धिमा सहभागीताका लागि विशेष संवाद र जागरुकता अभिवृद्धि गर्न तथा तिनको मताधिकार प्रवन्ध गर्न सर्वोच्च अदालतले सरकारलाई गरेको आदेश कार्यान्वयनका लागि दवाव बढाउन तथा वैदेशिक रोजगारीका क्रममा पछिल्लो समय बढेका बेथितीहरु अन्त्यका लागि दबाब बढाउँदै र श्रमिक नेपाली युवाहरुको पीडामा मल्हम लगाउन ।
(१४) कम्युनिष्ट पार्टीको सरकार बनेयता प्रेस स्वतन्त्रता माथि बढेको हस्तक्षेप, अभिव्यक्ति स्वतन्त्रता कुण्ठीत गर्ने अनेक प्रयत्न आदिका विरुद्ध नेपाली प्रेस जगतसंग सहकार्य गर्दै प्रमुख प्रतिपक्षी दलका नाताले प्रेस स्वतन्त्रताको रक्षाका लागि खबरदारी गर्न ।
(१५) नेपाली कांग्रेसमा समाहित हुन चाहनेहरूलाई पार्टीमा स्वागत गर्दै नयाँ सदस्यताको व्यापक वितरण गर्दै पार्टीको विभिन्न तहका लागि आवश्यक प्रशिक्षणको पूर्व तयारी गर्ने ।