Prakash Adhikari September 10, 2019

 

ब्रिस्केक(किर्गिस्तान), २४ भाद्र । किर्गिस्तानमा जारी चार देशीय नडेज्दा कप महिला फुटबल च्याम्पियनसिपको मंगलबार सम्पन्न खेलमा नेपाली चेलीहरुले ताजिकिस्तानलाई १-० ले पराजित गरेका छन् ।

लिग चरणको अन्तिम खेलसहित दुई खेलमा बिजय हासिल गरेका नेपाली चेलीहरुले फाइनलमा स्थान पक्का गरेका छन्।
नेपालको जितमा खेलको ८६औं मिनटमा साबित्रा भण्डारीले एक मात्र निर्णायक गोल गरेकी थिइन्।

आफ्नो पहिलो खेलमा आयोजक किर्गिस्तानमाथि ८–२ को शानदार जित निकालेको नेपालले बिहीबार उपाधिका लागि फेरि उज्वेकिस्तानसँग फाइनल खेल्नेछ ।

लिग चरणको खेलमा नेपाली चेलीहरु उज्वेकिस्तानसंग २-० ले पराजित भएका थिए ।

Share Now

Leave a comment.