Prakash Adhikari September 11, 2019

 

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको आर्थिक बर्ष २०७३/७४ र २०७४/७५ को क्रमशः २०औं र २१औं वार्षिक साधारणसभा पहिलो पटक काठमाडौंमा सम्पन्न भएको छ । यसभन्दा पहिला बैंकले भैरहवामा आफ्नो साधारणसभा गर्दै आएको थियो । बैंकको केन्द्रीय कार्यालय सिद्धार्थनगरबाट काठमाण्डौमा स्थानान्तरण गरे पश्चात पहिलो पटक वार्षिक साधारण सभा काठमाण्डौमा सम्पन्न भएको हो ।

उक्त सभामा प्रस्ताव गरिएको १५.८९ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको छ।

साथै सभाबाट पारित १५.८९ प्रतिशत बोनस शेयर पश्चात यस बैंकको चुक्ता पूँजी रु ८ अर्व १३ करोड ३८ लाख ४० हजार ८ सय २२ रुपैयाँ पुग्नेछ । हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १२० शाखा र ८६ वटा एटिएम सञ्चालन गरी आÇना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

बैंकले आर्थिक वर्ष २०७५÷७६ मा रु. ७३ अर्ब ३५ करोड निक्षेप परिचालन तथा ६४ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरी खुद नाफा १ अर्ब ५१ करोड रुपैयाँ आर्जन गरेको बैंकले जनाएको छ ।

Share Now

Leave a comment.