Prakash Adhikari January 8, 2018

लाहोर(पाकिस्तान), २४ पौष । पाँचौँ एकदिवसीय दृष्टिबिहिन विश्वकप क्रिकेटको भव्य समारोहका बीच आइतबार औपचारिक रुपमा उद्घाटन भएको छ । खेलका नियमित प्रतियोगिता भने आज सोमबारदेखि आरम्भ हुनेछन् ।

पाकिस्तान र संयुक्त अरब इमिरेट्स(युएई)ले संयुक्त रुपमा आयोजना गरेको यो प्रतियोगिताको गद्याफी स्टेडियमको अल हम्रा आर्टस् काउन्सिल एडिटरियम भव्य समारोहका बीच समुद्घाटन भएको थियो। उद्घाटन समारोहमा पाकिस्तानको संस्कृती परम्परा झल्कने किसिमको प्रस्तुति प्रदर्शन गरिएको थियो ।

विश्वकपको शुभारम्भ दुबई र पाकिस्तानमा एकसाथ भएको थियो । दुवै देशमा भएको मार्चमास प्रत्यक्ष प्रशारण गरिएको थियो । पाकिस्तानमा भएको विश्वकप उद्घाटनको मार्चपासमा नेपालका कप्तान किर्तन श्रेष्ठ दुवालले नेपालको झन्डा बोकेका थिए ।

नेपाली टोलीले मार्च पास गर्दा पाकिस्तानमा रहेका नेपाली विद्यार्थी र समर्थकले भव्य स्वागत गरेका थिए । बंगलादेशका कप्तान तान्जिलुर रहमान र पाकिस्तानका कप्तान निसार अलिले आफ्नो देशको झन्डालाई बोकेका थिए ।

सो अवसरमा स्थानीय अशक्त बालबालिकाले विभिन्न कलात्मक र सांस्कृतिक प्रस्तुति गरेका थिए ।

यस संस्करणको विश्वकप क्रिकेटको पहिलो खेल भने सोमबार आयोजक पाकिस्तान र बंगलादेशले लाहोरको गद्याफी स्टेडियममा तथा दुबईको अजमान ओभल क्रिकेट ग्राउन्डमा भारत र अस्टे«लियासँग खेल्नेछ ।

नेपालले भने आफ्नो पहिलो खेल ९ जनवरीमा आयोजक राष्ट्र पाकिस्तानसँग जिन्नाह स्टेडियम गुज्रानवालामा खेल्ने भएको छ । दोस्रो खेल १० जनवरीमा बंगलादेशसँग इकबाल स्टेडियमा खेल्नेछ । ११ जनवरीमा भने नेपाल दुबई प्रस्थान गर्नेछ ।

१३ जनवरीमा दुबईको अजमान ओभल क्रिकेटमा ग्राउन्डमा तेस्रो श्रीलंकासँग खेल्नेछ । १४ जनवरीमा नेपालले अजमानकै इडन गार्डेनमा डिफेन्डिङ च्याम्पियन भारतसँग खेल्नेछ । लिगको अन्तिम खेल नेपालले १५ जनवरीमा अजमानको एमसिसी क्रिकेट ग्राउन्डमा बलियो टोली अस्ट्रेलियाविरुद्ध आफ्नो चुनौती प्रस्तुत गर्नेछ ।

फाइनल हुने स्थान यसअघि पाकिस्तान भएपनि परिमार्जन भएको छ । भारतबाहेकको एसिया राष्ट्र विश्वकपको फाइनलमा पुगेमा फाइनल खेल पाकिस्तानमा हुनेछ । तर,अस्ट्रेलिया अथवा भारत पुगेमा फाइनल खेल दुबईमा हुनेछ । फाइनल खेल १८ जनवरीमा दुबई अथवा पाकिस्तानको लाहोरमा हुनेछ ।

https://sportslinkpk.com/en/2018/01/07/blind-cricket-world-cup-got-way-grand-opening-ceremony/

Share Now

Leave a comment.