Prakash Adhikari January 8, 2018

नेपालगञ्ज(बाँके), २४ पौष । पूर्वराजा ज्ञानेन्द्र शाह र भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथका बीच भेटघाट भएको छ ।

भेटघाट मुख्य मन्त्री योगीको सरकारी निवासमा भएको हो ।

योगी आदीत्यनाथले पूर्व राजा शाहसँग सोमबार बिहान भेटवार्ता भएको र अंग बस्त्र तथा कुम्भको लोग प्रदान गरेको कुरा सामाजिक सञ्जालमा तस्वीर सहित सार्वजनिक गरेका छन् ।

भारतीय जनता पार्टीका कट्टरतावादी नेताका रुपमा चिनिने आदित्यनाथले नेपाललाई हिन्दुराष्ट्र बनाइनु पर्ने अभिव्यक्ति दिँदै आएका छन् ।

Share Now

Leave a comment.