Prakash Adhikari September 21, 2019

ग्रसइज्लेट(सेन्ट लुसिया),४ असोज । नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने आबद्ध बार्बाडोस ट्रिडेन्ट्सले क्यारेबियन प्रिमियर लिग अन्तरगत आज भएको खेलमा सेन्ट लुसियालाई उसको घरेलु मैदानमा ७१ रनको विशाल अन्तरले पराजित गरेको छ ।

आजको खेलमा नेपाली क्रिकेट स्टार सन्दीपले एक विकेट लिए भने उनको स्पेलमा एक रनआउट विकेट पनि थपिएको थियो । उनले १५ औं ओभरको पाँचौ बलमा हर्दुस भिल्जोनलाई स्टम आउट गराएका थिए । ४ ओभर बलिड. गरेका उनले सातौ ओभरको पहिलो स्पेलमा जम्मा ४ रन बनाउन दिए । नवौं ओभर दोस्रो स्पेल लिएर आएका सन्दीपको बलमा ग्राण्डहोम रनआउटमा परे । उनले सो ओभरमा १ चौकासहित ७ रन बनाउन दिए । तेह्रौं ओभरमा तेस्रो स्पेल लिएर आएका सन्दीपले यो ओभरमा जम्मा २ रन बनाउन दिए । १५ औं ओभरमा चौथो स्पेल गर्न आएका सन्दीपलाई भिल्जोनले पहिलो र दोस्रो बलमा लगातार छक्का हिर्काएर निराश बनाउन खोजे पनि पाँचौ बलमा भिल्जोनलाई उनले स्टम आउट गराए । उनले तेस्रो बलमा १ रन दिएका थिए भने चौथोबलमा फवाद अहमदले ३ रन जोडेका थिए ।

सन्दिपले सिपीएलकाे पहिलाे खेलमा पाएकाे १ ओभरमा मात्र ५ रन दिए

यो जितसंग सन्दीप लामिछाने आबद्ध बार्बाडोस हालसम्म खेलेका ४ खेलमा २ मा जित र २ मा हार ब्यहोर्र्दै ४ अंकका साथ अंकतालिकाको चौथो स्थानमा पुगेको छ । उभन्दामाथि ८ खेलमा ४ खेल जितेर ८ अंक जोडेको सेन्टकिट्स एण्ड नेभिस प्याट्रियोस् र ५ खेलबाट ८ अंक जोडेको ट्रिबाड.यो नाइट राइडर्स तथा ५ खेलमा शतप्रतिशत जित निकालेको गुयना अमेजन वारियर रहेका छन् ।

नेपाली समय अनुसार शनिवार बिहान भएको खेलमा टस हारेर ब्याटिड.को निम्तो पाएको सन्दीपको बार्बाडोसले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै १७२ रन बनाएको थियो ।
Zouks XI: 1 Andre Fletcher (wk), 2 Rahkeem Cornwall, 3 Colin Ingram, 4 Kavem Hodge, 5 Colin de Grandhomme, 6 Darren Sammy (capt.), 7 Christopher Barnwell, 8 Hardus Viljoen, 9 Kesrick Williams, 10 Fawad Ahmed, 11 Obed McCoy

Tridents XI: 1 Johnson Charles, 2 Justin Greaves, 3 Leniko Boucher (wk), 4 JP Duminy, 5 Jason Holder (capt.), 6 Jonathan Carter, 7 Raymon Reifer, 8 Ashley Nurse, 9 Joshua Bishop, 10 Josh Lalor, 11 Sandeep Lamichhane.

बार्बाडोसका लागि जस्टिन ग्रेभ ५७, जोनाथन कार्टर ३०,जोन्सन चाल्र्स २८,जेपी डुमिनी १८, अश्ले नर्स १५,क्याप्टेन जासन होल्डरले १० र रेमोन राईफरले ४ रन बनाएका थिए ।

बार्बाडोसलाई रोक्ने क्रममा सेन्ट लुसियाका केसरिक विलियम्सले ३,वेविड म्याकवेले २ र रहकिम कर्नबालले १ विकेट लिएका थिए ।

१ सय ७३ रनको लक्ष्य पछ्याएको सेन्ट लुसियाको शनिवारको खेल सुरुदेखि नै धराशायी भयो । उसले पहिलो ओभरको तेस्रोबलमा नै रहकिम कोनवाललाई गुमायो । दोस्रो ओभरको चौथो बलमा कोलिन इन्ग्राम पेभिलियन फर्किए ।तेस्रो ओभरको पाँचौ बलमा काभेज हल बाहिरिए ।छैठो ओभरको तेस्रो बलमा आन्द्रे फिल्चन बाहिरिए । आठौं ओभरको पहिलो बलमा डरेन सामी बाहिरिए ।नवौंको तेस्रोमा कोलिन डे ग्राण्डहोम बार्बाडोसको शिकार भए । १० औं ओभरको दोस्रोबलमा क्रिस वार्नवेल बाहिरिए । तेह्रौंको पहिलो बलमा क्रिशरिक विलियम्स बाहिरिए र १५ औं ओभरको पाँचौ बलमा हर्दुस भिल्जोन बाहिरिएसंगै खेल बार्बाडोसले जित्यो ।

सेन्ट लुसिया जुक्सका लागि हर्दुज भिल्जोन्सले ३१, कोलिन डे ग्रान्डहोमले २८, आन्द्रे फ्ल्चिनरले १४,रहकिम कर्नवाले ८,क्रिस्टोफर वार्नवालले ६, कोलिन इन्ग्राम र फवाद अहमदले ४।४, क्याप्टेन डरेन सामीले २,काभेम हज र केशरिक विलियम्सले १ । १ रनको योगदान दिए ।

सेन्ट लुसियालाई रोक्ने क्रममा बार्बाडोसका क्याप्टेन जासन होल्डर र जोशुआ विशपले २ । २ तथा सन्दीप लामिछाने, जोश लालोर र रेमन राईफरले १ । १ विकेट लिएका थिए ।

सन्दीपले सीपीएलमा अब दुई खेल खेल्नेछन । त्यसपछि उनी राष्ट्रिय टिमले खेल्ने सिंगापुर र ओमान विरुद्धको सिरीजका लागि फर्किनेछन । उनी २३ तारिखमा हुने जमैका तालावा विरुद्धको खेलपछि राष्ट्रिय टिमबाट खेल्न सोझै सिंगापुर उड्नेछन ।

सिंगापुर र ओमानको सिरीजपछि सन्दिप राष्ट्रिय टिमको प्रशिक्षणमा समावेश हुनेछन । सन्दिपले सिपीएलको अन्तिम चार खेल र प्लेअफका खेल गुमाउने अवस्था छ ।

Share Now

Leave a comment.