सानोठिमी(भक्तपुर),७ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले मंगलबार कार्यालय खुल्ने बित्तिकै नतिजा प्रकाशित गरेको हो ।
कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए ।
बोर्डले परीक्षाफलसम्बन्धी जानकारी Website, SMS Service / IVR Service बाट प्राप्त गर्न सकिने जनाएको छ :
Website:–
1.राष्ट्रिय परीक्षा बोर्डको website: www.neb.gov.np
2. नेपाल टेलिकमको website :www.neb.ntc.net.np
3. इयुजोनिक्स एजुकेशन प्रा.लि. को website : www.edusanjal.com
4. द कनेक्ट प्लस प्रा.लि., नागार्जुनको website : www.theconnectplus.com
5. कान्तिपुर डिजिटल कर्पोरेसन प्रा.लि. को website : www.ekantipur.com
SMS सेवा :–
१. नेपाल टेलिकमको१६०० मा SMS गर्ने तरिका NEB <space> Symbol No. टाईप गरी १६०० मा SMS गर्ने ।
२. जानकी टेक्नोलोजी प्रा. लि को ३५००१ मा SMS गर्ने तरिका NEB <space> Symbol No. टाईप गरी ३५००१ मा SMS गर्ने ।
३. आकाश टेक प्रा. लि को ३१००३ मा SMS गर्ने तरिका :NEB <space> Symbol No.टाईप गरी ३१००३ मा SMS गर्ने ।
IVR सेवा ः–
१. नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ ।
बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो । कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो ।








