इस्लामाबाद (पाकिस्तान),८ असोज(बीबीसी) । ५.८ म्याग्नीच्युडको भूकम्पले पूर्वी पाकिस्तानमा धक्का दिँदा कम्तीमा २० जनाको ज्यान गएको र ३ सय भन्दा बढी मानिस घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
पाकिस्तान प्रशासित कश्मीरको मिरपुर सहर नजिकै भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ।
सामाजिक मिडियामा राखिएका तस्बिरहरूमा मुख्य सडकमा ठूलो क्षति पुगेको र घरहरूमा आंशिक क्षति पुगेको देखिन्छ।
These are some Pics from #Pakistan Azad #Kashmir after Earthquake of magnitude 6.1 pic.twitter.com/CYcQkQHnTK
— Developing Pakistan (@developingpak) September 24, 2019
क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन। उक्त क्षेत्रमा सन् २००५ मा भूकम्प जाँदा हजारौं मानिसको ज्यान गएको थियो।
अमेरिकी भूगर्भसम्बन्धी निकाय यूएसजीएस र पाकिस्तानको भूगर्भ विभागले उक्त भूकम्पको मापन ५.८ म्याग्निच्युडको गरेका छन्। जसको धक्का नयाँदिल्लीसम्म महसुस गरिएको थियो।
पाकिस्तानको राजधानी इस्लामाबादसहित देशको उत्तरी भेग, लाहोर, पेशावर र पाकिस्तान प्रशासित कश्मीरमा मङ्गलवार साँझ भूकम्पका धक्काहरू महसुस गरिएका छन्।
Massive 5.7 earthquake causes significant damage Azad Kashmir. #Pakistan pic.twitter.com/HXthywlend
— 𝙐𝙧𝙙𝙪 𝘿𝙪𝙣𝙮𝙖 (@ofclurdudunya) September 24, 2019
जसको केन्द्रविन्दु पञ्जाब प्रान्तको झेलम शहरभन्दा पाँच किलोमिटर पर थियो।
भूकम्पको गहिराइ १० किलोमिटर रहेको बताइएको छ।
#Earthquake Exclusive Footage #mirpur #Pakistan administered #Kashmir pic.twitter.com/MPIzACV13Q
— Amiruddin Mughal (@MughalAmiruddin) September 24, 2019
पाकिस्तानका सेना प्रमुखले प्रभावित क्षेत्रमा तत्काल उद्धारकार्य सुरू गर्न निर्देशन दिएको सेनाका प्रवक्ताले ट्विटमार्फत् बताएका छन्।
बीबीसी उर्दूका अनुसार धक्का महसुस गरिएको एउटा क्षेत्र मिरपुरका प्रहरी अधिकारीले त्यहाँ चार जनाको मृत्यु भएको पुष्टि गरेका छन्। मिरपुर पाकिस्तान प्रशासित कश्मीरमा पर्छ।
हताहत हुनेको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताइएका छन्।
थुप्रैतिरबाट जमिन चिरा परेका र घरहरू भत्किएका तस्बिरहरू आएका छन्।
भारतको राजधानी नयाँदिल्ली सहित भारतका थुप्रै शहरमा समेत धक्का महसुस गरिए पनि अहिलेसम्म त्यहाँ हताहतीको खबर भने नआएको बीबीसी हिन्दीले जनाएको छ।
क्षतिको विस्तृत विवरण आउन बाँकी छ।


















