धनगढी(कैलाली) । ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत सोमबारको खेलमा रुस्लान थ्रिस्टार क्लवले रमपम झापा एघारलाई पराजित क्वार्टर फाइनलको यात्रा तय गरेको छ ।
धनगढी रंगशालामा भएको खेलमा थ्रीस्टारले रमपम झापा–११ लाई ३–१ ले हराएको थियो ।
थ्रीस्टारको जितमा बुद्ध चेम्जोङले दुई र मार्टिनले एक गोल गरे ।
झापा ( ११ का लागि कर्ण लिम्बूले एक मात्र गोल गरेका थिए ।
खेलमा दुई गोल गरेका थ्रीस्टार बुद्ध चेम्जोङ म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत मंगलबारको खेल डु«क स्टार क्लब, भुटान र अग्नी रुपन्देही–११ बीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपाल र भुटानको एक टोली गरी कुल १२ टीमको सहभागीता रहेको छ ।