Prakash Adhikari October 1, 2019

काठमाडौं, १४ असोज । आफ्नै सचिवालयकी कर्मचारीलाई जबर्जस्ती करणी गरेको आरोपमा तानिनुभएका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा मंगलबार अपरान्ह राजिनामा दिनुभएको छ ।

मंगलबार बिहान बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले स्वतन्त्र र निष्पक्ष छानबिनको लागि राजिनामा दिन निर्देशन दिएपछि सभामुख महराले नैतिकताका आधारमा राजीनामा दिनुभएको हो ।

सभामुख महराले दिनुभएको राजीनामा पत्रमा,ुहिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानविन प्रक्रिया नसकिदासम्मका लागि राजीनामा दिएको छुु भन्ने उल्लेख गर्नुभएको छ ।

देशको संविधानको संशोधन र आवश्यक कानूनहरुको निर्माण गर्ने अधिकारप्राप्त संघीय संसदको प्रतिनिधिसभाका सभामुख महराले दिनुभएको राजिनामालाई कतिपय जानकारहरुले कपटपूर्ण भनेका छन् । संविधानले सभामुखको राजिनामा सशर्त हुने व्यवस्था गरेको छैन् । उहाँलाई संसद वा राज्यका कुनै निकायले निलम्बन गरेको पनि होइन् । निलम्बन फुकुवा हुन्छ तर राजिनामा सशर्त हुन सक्दैन् । दिने व्यक्तिले फुकुवा भएको घोषणा गर्न सक्दैन् । राजिनामाको हकमा स्वीकृत गर्ने व्यक्तिले रोक्न सक्ने , पुनर्विचार गराउन सक्ने र स्वीकृती गर्ने विकल्प भने रहन्छ । छानवीन गरिञ्जेल राजिनामा सकिएको भोलीपल्ट ससम्मान फिर्ता हुन्छ भनेर राजिनामा दिने पदाधिकारीले स्वयं घोषणा गर्न सक्दैन् ।

संघीय संसदको प्रतिनिधिसभाका सभामुख कृष्बहादुर महरामाथि संघीय संसदको सचिवालयमा कार्यरत एक महिला कर्मचारीले गत आइतबार साँझ उहाँले जबरजस्ती करणी गरको आरोप सप्रमाण लगाउनुभएको थियो ।

काठमाडौंको तीनकुनेमा डेरामा बस्ने ती कर्मचारीलाई उहाँको श्रीमान घर नभएको मौका पारी मदिरा सेवन गराई जवरजस्ती करणी गरेको घट्ना कर्मचारी स्वयंले तीनकुनेको प्रहरी युनिटमा उजुरी गराई घटनाप्रकृति अवलोकन गराउनुका साथै सार्वजनिक सञ्चारमाध्यमबाट पनि सो घट्ना सार्वजनिक गरिदिएपछि सभामुख महरा अप्ठ्यारोमा पर्नुभएको थियो ।

पीडित महिला कर्मचारीले आफूमाथि भएको यौन दुव्र्यबहारको बारेमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका अगुवा महिला सांसदहरुलाई आइतबारै राति अवगत गराउनुभएको थियो ।

सांसदहरुले गम्भीरतापूर्वक नलिएपछि उहाँ बाध्य भएर सोमबार सञ्चारकर्मीसामु पुग्नुभएको थियो ।

पीडित महिलालाई सो घट्नाका बारेमा प्रहरीमा उजुरी नगर्न र सञ्चारमाध्यमबाट सार्वजनिक नगर्न सभामुख महराले पटकपटक दबाब दिनुभएको थियो ।

सभामुख महराले सशर्त राजिनामा दिनुभएको र पदमा फेरि फर्कन सक्ने अवस्था सिर्जना गर्न खोज्नुभएकोले उहाँमाथि निश्पक्ष छानवीन हुन्छ भन्नेमा शंका गर्न स्थान रहेको छ । यसले पीडित महिलालाई निवर्तमान हुन लाग्नुभएका सभामुख महरा र उहाँका पक्षबाट निरन्तर दबाब,प्रभाव पार्न सक्ने भएकोले उहाँमाथि मानसिक र भौतिक पीडा दिनसक्ने अवस्था सिर्जना हुन सक्ने भय भने रहेको छ ।

Share Now

Leave a comment.