Prakash Adhikari October 5, 2019

मस्कट(ओमान), १८ असोज । नेपाली राष्ट्रिय क्रिकेट टीमसहित पाँच राष्ट सम्मिलित टि २० सिरिज शनिवारदेखि आरम्भ भएको छ । शनिवार भएको खेलमा आयोजक ओमानले हंगकंगलाई ७ विकेटले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको हङकङले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा ९६ रन बनाएको थियो। हङकङका हरुन अर्सदले नटआउट रहँदै १९ रन बनाए। यस्तै, असन अब्बासी १७, निजकत खान १७, वक्स बर्कतले १५ रन जोड्नुबाहेक अन्यको प्रदर्शन फितलो रह्यो।

९७ रनको लक्ष्य पाएको आयोजक ओमनले १३ दशमलव ५ ओभरमा जम्मा ३ विकेटको क्षतिमा निर्धारित लक्ष्य भेट्टायो।

प्रतियोगितामा नेपालले आइतबार पहिलो खेल हङकङसँग खेल्नेछ। श्रृंखलाअन्तर्गत नेपालले सोमबार नेदरल्याण्ड्स, बुधबार आयरल्याण्ड, र बिहीबार आयोजक ओमनसँग प्रतिष्पर्धा गर्नेछ।

प्रतियोगितामा सहभागि देशमा नेपालबाहेक अरू सबै टिमले विश्वकप छनोट खेल्नेछन्। तर, नेपाल सिंगापुरमा भएको क्षेत्रीय छनोटबाट नै बाहिरीएका कारण श्रृखलापछि स्वदेश फर्किने छ ।

नेपाली टीम : पारस खड्का (कप्तान) , इशान पाण्डे, दिपेन्द्र ऐरी, बिनोद भण्डारी, रोहित पौडेल , पवन सर्राफ, सन्दिप जोरा, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामि, करन केसी, सन्दिप लामिछाने, ललित राजबंशी, सुशन भारि, अविनाश बोहरा

 

श्रृखलामा सहभागी ५ टिमले एक अर्का बिरुद्ध १ १ खेल खेल्नेछन् र अंक तालिकामा उत्कृस्ट हुने टिमलाई सिरिज विजेता घोषित गरिनेछ।

 खेल तालिका 

अक्टोबर ५ ( शनिवार ) : ओमान Vs हंगकंग ( ११:४५ बजे ) , आयरल्याण्ड Vs नेदरल्याण्ड ( ३:१५ बजे )
अक्टोबर ६ ( आइतबार ) : ओमान Vs आयरल्याण्ड ( ११:४५ बजे ) , नेपाल Vs हंगकंग ( ( ३:१५ बजे ) 
अक्टोबर ७ ( सोमबार ) : नेदरल्याण्ड Vs नेपाल ( ११:४५ बजे ) , हंगकंग Vs आयरल्याण्ड ( ३:१५ बजे )
अक्टोबर ९ ( बुधबार ) : आयरल्याण्ड Vs नेपाल ( ११:४५ बजे ) , ओमान Vs नेदरल्याण्ड ( ३:१५ बजे )
अक्टोबर १० ( बिहिबार ) : नेदरल्याण्ड Vs हंगकंग ( ११:४५ बजे )  , ओमान Vs नेपाल ( ३:१५ बजे ) 

Share Now

Leave a comment.