काठमाडौं, २२ असोज(बीबीसी) । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको मिति तय भएको छ।
नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार सीको राजकीय भ्रमण अक्टोबर १२ र १३ अर्थात् आगामी शनिवार र आइतवारका लागि तय गरिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सी नेपाल आउन लागेका हुन्।
सङ्घीय राजधानी काठमान्डूमा भ्रमणको तयारी तीव्र बनाइएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ।
PRESS RELEASE
At the friendly invitation of President of Nepal, Right Honourable Mrs. Bidya Devi Bhandari, the President of the People’s Republic of China His Excellency Mr. Xi Jinping is paying a state visit to Nepal on 12 and 13 October 2019.
During the visit, President H.E. Mr. Xi Jinping will meet with President Rt.Hon. Mrs. Bidya Devi Bhandari. The Right Honourable President of Nepal will host a Banquet in honour of President H.E. Xi Jinping and the Chinese delegation.
President H.E. Mr. Xi Jinping will hold delegation level official talks with Right Honourable Prime Minister Mr. K P Sharma Oli. Following the talks, both leaders will witness the signing of bilateral agreements and memoranda of understanding.
Senior leaders of Nepal will call on President H.E. Xi Jinping during his sojourn in Kathmandu.
Ministry of Foreign Affairs
Singhadurbar
Kathmandu, Nepal
09 October 2019
काठमाण्डूमा रहँदा चिनियाँ राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमण्डलसहित वार्ता गर्ने परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा बताइएको छ।
त्यसपछि दुवै नेताको उपस्थितिमा केही द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ।
राष्ट्रपति सी नेपाल आउनुअघि ११ र १२ अक्टोबरमा भारतमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक वार्ताका लागि रहनेछन्। जसको मिति समेत आज नै घोषणा गरिएको थियो।
राष्ट्रपति तहमा पछिल्लो पटक सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जमिनले नेपाल भ्रणम गरेका थिए।
परराष्ट्र मन्त्रालय र नेपाल तथा चीनको सम्बन्धबारे लेखिएका कतिपय पुस्तकहरू अनुसार सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच द्विपक्षीय सम्बन्ध स्थापित भएदेखि हालसम्म, दुई जना राष्ट्रपति, पाँचजना प्रधानमन्त्री र पाँचजना उप-प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका छन्।
नेपालबाट भने त्यस बेलादेखि हालसम्म राजा, राष्ट्रपति र प्रधानमन्त्री तहमा दुई दर्जनभन्दा बढी पठक चीन भ्रमण भइसकेको छ।
उपराष्ट्रपति र उपप्रधानमन्त्री तहमा पनि धेरै पटक भ्रमण भएको परराष्ट्र मन्त्रालयको विवरणमा देखिन्छ।
चीनबाट नेपालमा भएका उच्चस्तरीय भ्रणमहरू:
|
|
|
| मिति |
पद |
नाम |
| ज्यानुअरी २५–२९, १९५७ |
प्रधानमन्त्री |
चाउ एनलाई |
| एप्रिल २६–२९, १९६० |
प्रधानमन्त्री र उपप्रधानमन्त्री |
चाउ एनलाई र चेन यी |
| फेब्रुअरी २२–२६, १९७५ |
उपप्रधानमन्त्री |
चेन सिलियान |
| फेब्रुअरी ३–६, १९७८ |
उपप्रधानमन्त्री |
देङ सियाओ पिङ् |
| जुन ४–७, १९८१ |
प्रधानमन्त्री |
झाओ झियाङ |
| मार्च १९–२३, १९८४ |
राष्ट्रपति |
ली सियाननियान |
| मे २८–जुन १, १९८७ |
उपप्रधानमन्त्री |
चियाओ सी |
| नोभेम्बर १९–२१, १९८९ |
प्रधानमन्त्री |
ली पेङ् |
| जुलाई १९–२०, १९९४ |
उपप्रधानमन्त्री |
चियान् चिचेन् |
| डिसेम्बर ४–५, १९९६ |
राष्ट्रपति |
जियाङ जमिन |
| मे २००१ |
प्रधानमन्त्री |
झु रोङ्जी |
| ज्यानुअरी १४, २०१२ |
प्रधानमन्त्री |
वेन जियाबाओ |
स्रोत: इकोनोमिक एन्ड कमर्शियल कन्सुलर्सस् अफिस अफ दि एम्बेसी अफ द पिपुल्स रिपब्लिक अफ चाइना इन फेडरल डेमोक्याक्ट्रिक रिपब्लिक अफ नेपाल