Prakash Adhikari October 13, 2019

 

काठमाडौँ,२६ असोज । नेपाल र चीनकाबीचमा आपसी सहयोग र सम्बन्ध विस्तारका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपालको दुईदिवसीय राजकीय भ्रमणमा रहनुभएको चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार नेपाल-चीनबीच विभिन्न विषय समेटिएका समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्र एक अर्काबीच आदानप्रदान गरिएको छ। समझदारी पत्रमा हस्ताक्षरअघि दुई देशका उच्चस्तरीय प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको थियो।

  • काठमाडौं -चीनको नान्जी सहरबीच भगिनी सम्बन्ध
  • बुटवल- सियान सहरबीच भगिनी सम्बन्ध
  • त्रिवि कन्फ्युसियस इन्स्टिच्यट खोल्न चीनको कन्फ्युसियस विश्वविद्यालयसँग समझदारी
  • सुरुड.मार्ग निर्माण समझदारी ।
  • सीमा सुरक्षा सामग्रीसम्बन्धी समझदारी ।
  • आपराधिक गतिविधि नियन्त्रणमा समझदारी ।
  • आयुर्वेदिक उपचार पद्धति विस्तारमा समझदारी
  • काठमाडौंमा खानेपानी व्यवस्थापनसम्बन्धी सम्थादारीलगायत ।

काठमाडौंको होटल सोल्टीमा राष्ट्रपति सी र ओली नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलबीच वार्ता सुरु भएको हो। उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचार–विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

वार्तामा नेपालका तर्फबाट प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, अर्थमन्त्री युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। पुष्प कँडेल, मुख्यसचिव, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार लगायत ३० जनाको टोली सहभागी थियो।

राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ् यी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत हुनुहुन्थ्यो।

राष्ट्रिय समाचार समितिका अनुसार नेपाल र चीनबीच १८ समझदारी र २ लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङको उपस्थितिमा आइतबार ती समझदारीमा हस्ताक्षर भएको हो।

दुई पक्षीय औपचारिक वार्तापछस वार्ता समाप्तभएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ।

हस्ताक्षरपछि ती समझदारीपत्र दुबै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिवलगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका लागि चिनियाँ राजदूतले आदानप्रदान पनि गर्नुभएको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको दुई दिवसीय राजकीय भ्रमणमा शनिबार अपराह्न चिनियाँ राष्ट्रपति सी नेपाल आइपुग्नुभएको हो।
सीमाना जोडिएको निकट छिमेकी भएपनि २३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको भ्रमण भएको थिएन । सन १९९६ मा जियान जेमिनले गर्नुभएको भ्रमणपछि नेपालको भ्रमण गर्ने सी पहिलो राष्ट्रपति हुनुहुन्छ ।

राष्ट्रपति सी आजै दिउँसो स्वदेश फर्कने कार्यक्रम छ।

 

Share Now

Leave a comment.