Prakash Adhikari October 15, 2019

काठमाडौं,२८ असोज । नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खड्काले आफ्नो पदबाट राजिनामा दिनुभएको छ ।

आफ्नो फेसबुकमा उहाँले नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आईसीसी)को निलम्बनबाट फुकुवा भएको र नेपाल क्रिकेट संघको नयाँ कार्य समितिलाई सबैको सहभागितामा नयाँ शीराबाट काम गर्न सजिलो होस् भन्ने सदासयले आफूले राजिनामा दिएको उहाँले बताउनुभएको छ ।

https://www.facebook.com/official.ParasKhadka/posts/2555504794487687

उहाँले आफ्नो क्यापटेनसीपमा अनुशासित र मर्यादित भएर देशको इज्जत राख्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा उच्च मनोबलका साथ खेल्ने खेलाडीहरु, प्रशिक्षक र एम्पायरहरुसहित सम्पूर्ण क्रिकेटप्रेमीहरुलाई सहयोग र समर्थनकालागि धन्यवाद ज्ञापन गर्नुभएको छ ।

उहाँले राजिनामा दिए पछि खेलाडीहरुले उहाँको नेतृत्वमा नेपाली क्रिकेटले ऐतिहासिक उपलब्धि हासिल गरेको बताएका छन् ।

https://www.facebook.com/SandeepLamichhaneOfficial/posts/2556100651102099

Share Now

Leave a comment.