Prakash Adhikari October 16, 2019

 

काठमाडौँ,२९ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रम काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने छ । चियापान कार्यक्रममा सहभागी हुन नेकपाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नामबाट निमन्त्रणापत्र पठाएको छ ।

चियापान कार्यक्रममा सहभागीलाई दुई समय प्रदान गरिएको छ । मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई र अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अङ्गका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारीलाई आमन्त्रण गरिएको छ ।

नेकपाले चियापानको संस्कारले मुलुकको बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता, साझेदारी र सहकार्यको मौलिक विशेषता अनि लामो समयदेखि चल्दै आएको चाडबाड तथा संस्कृतिले नेपाली नेपालीबीचको एकतालाई अझ मजबूत बनाउने विश्वास व्यक्त गरेको छ ।

Share Now

Leave a comment.