Prakash Adhikari October 16, 2019

 

कीर्तिपुर(काठमार्डौ), २९ असोज । नेपालको पहिलो वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उद्घाटन खेलमा चितवन राइनोजले क्याट क्विन्स काठमाडौंलाई ५ विकेटले पराजित गरेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको क्याट क्विन्सले निर्धारित २०ओभरको खेलमा ९२ रन जोड्दै अलआउट भयो । काठमाडौं क्वीन्सकी रश्मी चौलागाई र सरस्वती कुमारीले दोहोरो अंकमा रन बनाए ।

बलियो सुरुवात गरेको क्याट क्विन्सको मध्यक्रमका खेलाडी एकपछि अर्को विकेट गुमाउँदा कम स्कोरमा रोकियो । उसले ४० रनमा पहिलो विकेट गुमाउँदा ५८ रनमा पाँच विकेट खेर फालेको थियो । त्यसपछि पनि उसले स्कोरबोर्डमा ८८ रन बनाउँदा सात विकेट खेर फाल्यो ।

बलिङमा चितवन राईनोज उमन्सका लागि रेशा रावल र कबिता गौतमले दुई दुई विकेट हात पारे भने रित कनौजीयाले एक विकेट लिइन भने सन्तोषी चौधरीले तीन विकेट लिइन ।

जवाफमा चितवनले १८ ओभर तीन बलमा पाँच विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । सुरुवात राम्रो गर्न नसकेको चितवनले ११ रनमा पहिलो विकेट गुमायो भने १७ रनमा दोस्रो तथा २८ रनमा तेस्रो विकेट खेर फाल्यो । चौथो विकेटका लागि सुमन खतिवडा र रितु कनोजीया विच ४७ रनको साझेदारी गरेपछि चितवनको पारी सम्हालिएको थियो ।

चितवनका लागि काजल श्रेष्ठले ११ रन बनाइन भने कञ्चन श्रेष्ठले ६ तथा रितु कनोजीयाले १४ रनको योगदान गरिन । यस्तै कप्तान इन्दु बर्मा एक रनमा बाहिरिदा सुमनले सर्वाधिक २९ रन बनाइन । चितवनले ७८ रनमा ५ विकेट गुमाएको थियो ।

अन्तिममा प्यारी चौधरीले अविजीत २४ रन बनाउँदा चितवनले सहज जित हात पार्यो ।

Share Now

Leave a comment.