Prakash Adhikari October 18, 2019

कीर्तिपुर(काठमाडौं), १ कार्तिक । नेपालमा भएको पहिलो महिला क्रिकेट लिग अन्तरगत शुक्रबार भएको पहिलो खेलमा विराटनगर टाइटन्स्ले पोखरा पल्टनलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

शुक्रबार सम्पन्न पहिलो खेलमा विराटनगरले पोखरा पल्टनलाई ६ विकेटले हरायो ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर ९४ रन बनाएको थियो ।

पोखराका लागि कविता कुवरले सर्वाधिक २२ रन बनाइने भने कप्तान सिता राना मगरले १६, अन्जली चन्दले १५ तथा रेवती धामीले १२ रन बनाईन् । यस्तै सरस्वती मगर १० रनमा अविजित रहिन् ।

पोखरालाई रोक्ने क्रममा विराटनगरकी सबनम राईले २ विकेट लिईन् । सोनु खड्काले १ विकेट लिईन् ।

९५ रनको सहज लक्ष्य पाएको विराटनगरले १५ ओभरमा ४ विकेटको क्षतिमा सो लक्ष्य पूरा गर्यो ।

राम्रो सुरुवात गर्न नसकेको विरानगरका लागि ज्योति पाण्डे र लक्ष्मी चौधरीले टीमको अवस्था सुधार गरे ।

पहिलो खेलमा नै अर्धशतक प्रहार गरेकी ज्योतिले २२ रनको योगदान गरिन । यस्तै डोली भट्टले १२ तथा लक्ष्मी चौधरीले २३ रनको योगदान गरे ।अस्मिता कर्माचार्यले १६ रनको योगदान गरिन ।

यो जितसंगै विराटनगरले दुई खेलमा चार अंक बनाएको छ । पहिलो खेलमा विराटनगरले ललितपुर फाल्कोन्सलाई ४ विकेटले हराएको थियो ।

पोखराको लागि भने यो लगातार दोस्रो हार हो । पोखरा यस पहिले पहिलो खेलमा क्वाट क्विन्स काठमाडौंसँग ८२ रनले पराजित भएको थियो ।

Share Now

Leave a comment.