Prakash Adhikari October 20, 2019

 

कीर्तिपुर(काठमाडौं),३ कार्तिक । त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा भैरहेको पहिलो नेपाली महिला टी २० लिग क्रिकेट च्याम्पियन प्रतियोगिताको आइतबार सम्पन्न खेलमा क्याट क्वीन्स् काठमाडौंले ललितपुर फाल्कोनलाई ८ विकेटले पराजित गर्दैै प्लेअफको यात्रा तय गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५ रन बनायो । ललितपुरका लागि रोशनी बोहोराले सर्वाधिक २९रन बनाउँदा कप्तान नेरी थापाले २२ तथा ममता चौधरीले १५ रन र गिता गोसाईले १३ रन थपिन ।

जवाफमा क्याट क्विन्सले १७.२ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

उसको जितमा रुवीना क्षेत्रीले ५९ रन, रोमा थापाले १८ तथा रश्मी चौलागाईले ९ रनको योगदान गरिन ।

यो जितसँगै क्याट क्विन्सले चार खेलमा छ अंकका साथ प्लेअफको यात्रा पक्का गरेको छ भने ललितपुर प्रतियोगिताबाट बाहिरीएको छ । प्रतियोगिताबाट बाहिरिनेमा ललितपुर दोस्रो भएको छ । यस अगाडि नै पोखरा पल्टन बाहिरिने स्थितिमा पुगेको थियो ।

Share Now

Leave a comment.