Prakash Adhikari January 10, 2018

 

काठमाडौं , २६ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नियमित स्वास्थ्य परीक्षण थाइलैण्डको बुमरुड.ग्राड अस्पतालमा हुने भएको छ ।

स्वास्थ उपचारका लागि एमाले अध्यक्ष ओली बुधबार दिउँसो साढे १२ बजे थाइ एयरवेजबाट बैंकक प्रस्थान गर्ने तयारी छ । उनको स्वास्थ्योचार बिहिबारदेखि नै हुने बताइएको छ ।

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीको साथमा पत्नी राधिका, स्वकीय सचिव राजेश, भतिजा र चिकित्सकसहित केही शुभचिन्तकहरु
पनि रहने छन् ।

भारतमा मिर्गौलाको सफल प्रत्यारोपण भएपनि नियमित स्वास्थ्य परीक्षणका लागि ओली बैंकक जाने गरेका छन्।

ओली माघ २ गते स्वदेश फर्किने कार्यक्रम छ।

 

Share Now

Leave a comment.