Prakash Adhikari October 26, 2019

इटहरी(सुनसरी), ९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रदेश नं १ को नाम कोशी राख्न सुझाव दिनुभएको छ ।
नेकपा इटहरी उपमहानगरले शनिवार आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालले प्रदेश सरकार गठन भएको २ बर्ष पुग्न लाग्दा समेत तोक्नसम्म नसकेको भन्दै प्रदेश सरकारसँग रोष प्रकट गर्नुभयो।

कति दिनसम्म अङ्कले सम्बोधन गर्नु, कोशी नाम राखेर अघि बढ्नुहोसु नेता नेपालले भन्नुभयो, ुसामान्य नाम तोक्न पनि हुत्तिहारा नबन्नुहोस्।ु

अहिले सम्म प्रदेश नं १, २ , ३ र ५ ले आफ्नो नाम पारित गर्न सकेका छैनन् ।

प्रदेश नं ४ ले आफ्नो नाम गण्डकी, प्रदेश ५ ले कर्णाली र प्रदेश ७ ले सुदूरपश्चिम राखेका छन् ।

प्रदेश १ प्रदेशसभाको चौथो अधिवेशन गत असोज पहिलो साता देखि अन्त्य भएको थियो। सो अधिवेशनबाट पनि प्रदेशसभाको मुख्य कामको रूपमा रहेको प्रदेशको नामकरण हुन सकेन। प्रदेश सरकार र प्रदेश सभाले आफ्नो प्रदेशको नामाकरण समेत गर्न नसकेकोमा आलोचना हुँदै आएको छ ।

Share Now

Leave a comment.