काठमाण्डौ,११ कार्तिक । प्राइम कमर्सियल बैंक लिमिटेडले काठमाण्डौको टोखा नगरपालिकामा एकैदिन दुईवटा नयाँ शाखा स्थापना गरी औपचारिक संचालनमा ल्याएको छ ।
बैंकले टोखा नगरपालिकाको ग्राण्डी अस्पताल क्षेत्र र बानियाँटारमा स्थापना गरेका नयाँ शाखाको कार्तिक ८ गते औपचारिक उद्घाटन गरी कारोबार थालेको हो ।
बैंकले जनाए अनुसार ग्राण्डी शाखाको बैंकका सञ्चालक नरेन्द्र बज्राचार्य तथा बानियाँटार शाखाको सञ्चालक मनोज पौडेलले उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको सहभागिता रहेको थियो ।
यी दुईसहित बैंकहरुको शाखा कार्यालय संख्या ९९ पुगेको छ ।