काठमाडौं,१२ कार्तिक । एक नेपाली आरोहीले सात महिनामा आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल चढेर नयाँ कीर्तिमान राखेका छन्।
ब्रिटिस सेनामा काम गरिसकेका ३६ वर्षीय निर्मल पुर्जाले मङ्गलवार बिहान चीनको शीशापाङ्मा हिमालको चुचरोमा पुगेर आफ्नो कार्य पूरा गरेका हुन्।
यसअघि सो कीर्तिमान पोल्यान्डका जेर्जी कुकुक्जाको नाममा थियो जसले आठ वर्ष लगाएर सन् १९८७ मा सो चुनौती पूरा गरेका थिए।
सन् २०१२ मा सगरमाथा आधार शिविरसम्मको यात्रा गर्दा उनले सगरमाथा चढ्ने अठोट गरेर आरोहीको रूपमा जीवन शुरू गरेका थिए।
सन् २००३ मा ब्रिटिस सेनामा पुगेका पुर्जालाई सन् २०१८ मा रानी एलिजावेथले एमबीई प्रदान गरेकी थिइन्।
Anything is possible! The man in the middle and second shot is @nimsdai he summited Shishapangma at 08:58 local time. That’s 14 of the worlds highest peaks in 7 months. He and his team have made history. True legends! #bremontprojectpossible 🏔🇳🇵👊🏻 🐸
@DuratusUk pic.twitter.com/hipSHK7BLn— Jason Fox (@jason_carl_fox) October 29, 2019
संसारभरमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल छन् तीमध्ये।
पुर्जाले गएको एप्रिलमा आफ्नो अभियान शुरू गरेका थिए र मेमा सगरमाथा चढेका थिए। उनले त्यहाँ खिचेको भिडको तस्बिरले संसारको ध्यान खिचेको थियो।
उनले सगरमाथा आरोहणको क्रममा चारजना अरू आरोहीहरूको उद्धार समेत गरेका थिए।
उनले सगरमाथा, लोत्से र मकालु हिमाल पाँच दिनमा चढेका थिए।
“Everything in life is possible armed only with determined approach and positive mindset.”#14peaks7months #History .#nimsdai #BremontProjectPossible
Congratulation Niemal Purja. Proude of you💪
14 Peaks avobe 8000 meter in 6 months 6 days.@nimsdai pic.twitter.com/uD7ANeUKG7— 𝕂𝕙𝕒𝕟𝕒𝕝 𝕂𝕣𝕚𝕤𝕙 (@khanalkrisz) October 29, 2019
सेप्टेम्बरमा उनको अभियान तिब्बतमा रहेको शीशापाङ्मा हिमाल चढ्न चिनियाँ सरकारले अनुमति नदिँदा रोकिएको थियो।
नेपाल सरकारले चिनियाँ सरकारलाई अनुरोध गरेपछि उनले अक्टोबर १५ मा अनुमति पाएका थिए।
उनले चढेका हिमाल र सफल आरोहणको मिति:
- अन्नपूर्ण, नेपाल, एप्रिल २३
- धौलागिरी, नेपाल, मे १२
- कञ्जनजङ्गा, नेपाल, मे १५
- सगरमाथा, नेपाल, मे २०
- लोत्से, नेपाल, मे २२
- मकालु, नेपाल, मे २४
- नाङ्गापर्वत, पाकिस्तान, जुलाई ३
- जी १, पाकिस्तान, जुलाई १५
- जी २, पाकिस्तान, जुलाई १८
- के २, पाकिस्तान, जुलाई २४
- ब्रोड पिक, पाकिस्तान, जुलाई २६
- चो यू, चीन, सेप्टेम्बर २३
- मनास्लु, नेपाल, सेप्टेम्बर २७
- शीशापाङ्मा, चीन, अक्टोबर २९
((बीबीसी))


















