Prakash Adhikari November 1, 2019

काठमाडौं, १५ कार्तिक । अभिनेता द्वय सुशील श्रेष्ठ र आमिर गौतम स्टारर फिल्म ‘बादशाह जुट’ आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ । देशभरका हलमा एकसाथ प्रदर्शन थालनी गरेको यो फिल्मसँग भिड्न बक्सअफिसमा कुनै नेपाली फिल्म छैनन् । यसले एकल रिलिजको अवसर पाएको छ ।

यसलाई हलमा आफ्नो वर्चश्व कायम गर्न भने सहज छैन किनकि, दशैंको छेकोमा प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ ले अझैसम्म हल कब्जा गरेर बसेको छ । अघिल्लो हप्ताको फिल्म ‘पोइ पर्‍यो काले’ को दबदबा पनि कायमै छ ।

यी दुई फिल्मको चेपुवामा पर्नसक्ने डर ‘बादशाह जुट’ टीमलाई छ । त्यसमाथि फिल्मले मल्टीप्लेक्समा अत्यन्त न्यूज सोज पाएको छ । यो अवस्थामा फिल्मलाई नाफाको व्यापार गर्न हलमा लामो रेसको घोडा बन्नुपर्छ । जसका लागि फिल्मको ‘वर्ड अफ माउथ’ बलियो हुन आवश्यक छ । फिल्मले आफूलाई बादशाह सम्झने एक पत्रकार र एक पुलिस अफिसरको कथा वाचन गरेको छ ।

जोनी सिंह राणा निर्देशित फिल्ममा सुशील र आमिरका अलावा रोषी खड्का, केइषा राउत, रश्मी पाण्डे, रोबिन तामाङलगायतको अभिनय छ । हर्क बहादुर कुँवर र भोजराज श्रेष्ठ यो फिल्मका लगानीकर्ता हुन् । फिल्ममा अभिषेक शशी कुमारको पटकथा, कृष्ण भारद्धाजरकोशिश क्षेत्रीको संगीत, राजकुमार उप्रेतीको एक्सन, राजु कार्कीको छायांकन, दिर्घ खड्काको सम्पादन छ ।

Share Now

Leave a comment.