काठमाडौं,१५ । हिमालयन बैंक लिमिटेडले आफ्नो मर्चेन्ट बैंक हिमालयन क्यापिटल लिमिटेड सञ्चालनमा ल्याएको छ ।
शुक्रबार एक समारेहका बीच बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठद्वारा हिमालयन क्यापिटल लिमिटेडको उद्घाटन गर्दै औपचारिक रुपमा सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकको पूर्ण स्वामित्व रहेको हिमालयन क्यापिटलको मुख्य उद्देश्य ग्राहकहरुका लागि मर्चेन्ट बैंकिंग तथा इन्भेस्टमेन्ट बैंकिंग सेवा प्रदान गर्नु रहेको छ ।
क्यापिटलको चुक्ता पूँजी २० करोड रहेको छ । नेपाल धितोपत्र बोर्डले हिमालयन क्यापिटललाई मिति २०७६, श्रावण २६ गते सम्पूर्ण मर्चेन्ट
बैंकिंग कारोबार गर्न इजाजत दिएको थियो ।
मर्चेन्ट बैंकिंग कारोबार अन्तर्गत हिमालयन क्यापिटल लिमिटेडले धितोपत्र निष्कासन, शेयर रजिष्टार, धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, र डीपी सेवा प्रदान गर्ने छ ।
उक्त समारोहमा हिमालयन बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले पूँजी बजारमा आएका सकारात्मक परिवर्तन र बजारको दायरामा भएको वृद्धिलाई आत्मसात गर्दै ग्राहकको सेवामा कम्पनी पूर्णरुपमा समर्पित हुने बताउनुभयो ।
कार्यक्रममा हिमालयन क्यापिटलको संचालक समितिका अध्यक्ष तथा हिमालयन बैंकका महाप्रबन्धक सुशील जोशीले ग्राहकहरुलाई आधुनिक मर्चेन्ट बैंकिंग सेवाहरु उपलब्ध गराउने र देशको अर्थतन्त्रको दिगो बिकासमा योगदान पुर्याउने प्रतिबद्धता जाहेर गर्नुभयो ।
उहाँले नियामक निकायको स्वीकृतिपश्चात क्यापिटलले हिमालयन बैंकको सामूहिक लगानी कोष “हिमालयन म्युच्युअल फण्ड तथा अन्य लगानी कोषहरुको संचालन गरी ग्राहकहरुलाई बिशिस्टकृत सेवा प्रदान गर्ने लक्ष्य राखेको बताउनुभयो ।
सो अवसरमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले कम्पनी धितोपत्र बजारलाई सकारात्मक योगदान दिन कटिबद्ध रहने दाबी गर्नुभयो ।
यस हिमालयन क्यापिटल लिमिटेडको संचालक समितिमा, हिमालयन बैंक लिमिटेकोतर्फबाट सशील जोशी अध्यक्ष र संचालकहरुमा सुनिल गोर्खालि र सतिशराज जोशी रहनुभएको छ ।
यस क्यापिटलको प्रधान कार्यालय ठमेलस्थित कर्मचारी संचय कोष भवन मा रहेको छ।
उदघाटन समारोहमा हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिका सदस्यहरु, बैंकका प्रमख कार्यकारी अधिकृत अशोक समशेर जबरा हिमालयन क्यापिटल लिमिटेडको संचालक समितिका सदस्यहरुको साथै बैंकका महाप्रबन्धक तथा बरिष्ठ कर्मचारीहरु, क्यापिटलका कर्मचारीहरु, नियामक निकाय तथा विभिन्न संघ संस्थाहरुका पदाधिकारीहरु, र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।