काठमाडौं, कार्तिक । प्राकृतिक विपत्तिको बेला आम नागरिकको आश्रयस्थलका रुपमा उपयोग गरिने खुला मैदान र अन्य समयमा सार्वजनिक कार्यक्रम गर्न उपयोग हुँदै राजधानीको टुँडिखेलको अतिक्रमण रोक्नको लागि ‘अकुपाई टुँडिखेल’ नामक नागरिक अभियान सुरु भएको छ ।
शनिवार बिहान टुँडिखेल वरिपरि मानवसाड.लो बनाउने कार्यक्रममा सहभागी बन्न पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्रीहरु हिसिला यमी, भिमसेनदान प्रधान, गगन थापा, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की, पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, पूर्व उपकुलपति केदारभक्त माथेमा लगायतका विशिष्ट व्यक्तिहरु समेत खुलामञ्च क्षेत्रमा पुग्नुभएको छ ।
टुँडीखेललाई वसपार्क,पार्किड.स्थल, निर्माण सामग्रीको गोदाम,पसल कवल नबनाई खुला मैदानकै रुपमा राख्ने अभियानमा साथदिने नागरिकहरुको भेलालाई संबोधन गरेपछि अकुपाई टुँडिखेलका सहभागीहरु मानवसाङ्लोमा आबद्ध भएर टुँडिखेल घेराउमा सरिक हुने कार्यक्रम छ ।
यसका अभियान्ताहरुले टुँडिखेललाई पहिलेको जस्तै खुला मैदानको रुपमा ल्याउन तीन महिनासम्म यसको अनुगमन कार्यक्रम सञ्चालन गरिने बताएका छन् ।