Prakash Adhikari November 12, 2019

मुम्बई(भारत),२६ कार्तिक । सुरिलो स्वरकी धनी प्रख्यात भारतीय गायिका लता मंगेशकर गम्भीर बिरामी हुनुभएको छ

स्वासप्रश्वासमा समस्या देखिएपछि उहाँलाई सोमबार बिहानैमुम्बईको ब्रीच केन्डी अस्पतालमा लगिएको थियो । उहाँलाई अस्पतालको आईसीयूमा भेन्टिलेरमा राखेर उपचार गरिएको छ।

उहाँको स्वास्थ्य स्थिर रहेको लताका सहयोगी अनुषा श्रीनिवासनले जनाउनुभएको छ ।

उहाँमा निमोनिया देखिनुको साथै मुटुको बाँया भेन्ट्रिकलमा समस्या देखिएको बताइएको छ । उहाँको उपचार वरिष्ठ फिजिसियन डा. फारोख इ उडवाडियाको नेतृत्वमा भैरहेको छ ।

आइतबार मात्रै अभिनेत्री पद्मिनी कोल्हापुरेलाई उहाँको आउदो फिल्म पानीपथको लागि सफलताको शुभकामना दिनुभएको स्वरकी रानी लता मंगेशकर यही सेम्टेम्बर २८ मा ९० पुग्नुभएको हो ।

भारतकै सबैभन्दा प्रख्यात र सम्मानित पार्श्व गायिका लताले सन् १९४२ देखि गाउन शुरु गर्नुभएको हो । उहाँले उनले १ हजार भन्दा बढी बलिवुडका चलचित्रहरूमा ३६ भाषाहरूमा स्वर दिनुभएको छ।

आशा भोश्ले, ह्रिदयनाथ मंगेशकर, उशा मंगेशकर र मीना मंगेशकरको दिदी लता मंगेशंकरले पुरस्कारहरूस् भारत रत्‍न, पद्म विभूषण, पद्मभूषण, दादा फाल्के लगायत वेष्ट प्ले ब्याक सिंगरको रुपमा कैंयौ वेष्ट फिल्म अवार्ड प्राप्त गर्नुभएको छ ।

उहाँले कैयौं नेपाली गीतमा स्वर दिनुभएको छ ।

क्वीन अफ मेलोडी, भ्वाइस अफ नेशन, भ्वाइस अफ मिलिनियम र नाइटिड.गेल अफ इण्डिया जस्ता नामले समेत पुकारिने लताको स्वर माधुर्य दक्षिण एशियामा नै बेजोड मानिन्छ ।

Share Now

Leave a comment.