काठमाडौं, ४ मंसिर । न्यायपरिषदले उच्च अदालतमा १५ न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।
बुधबार बसेको परिषद् बैठकले जिल्ला न्यायाधीशबाट ६ जना, महान्यायाधिवक्ता कार्यालयमा कार्यरत सहसचिवबाट १ जना र अधिवक्ताबाट ८ जनालाई उच्च अदालतमा सिफारिस गरेको हो।
जिल्ला अदालतका न्यायाधीश किरणकुमार पोखरेल, मुरारीबाबु श्रेष्ठ,सुदर्शनराज पाण्डे, दीपेन्द्र अधिकारी, रमेशराज पोखरेल, नरिश्वर भण्डारीलाई परिषदले उच्च अदालतमा लैजान सिफारीस गरिएको छ।
महान्यायाधीवक्ता कार्यालयका सहन्यायाधीवक्ता गीताप्रसाद तिमिल्सिनालाई पनि उच्च अदालतको न्यायाधीशमा सिफारीस गरिएको छ ।
प्रतिरक्षी अधिवक्ताबाट मिलनकुमार राई, राजुराम सिलवाल, मेरिना श्रेष्ठ, मिना गौतम सेढाईं, सोमकान्त मैनाली, देशबहादुर सार्की, रेखा थापा पाण्डे र किरणकुमारी गुप्तालाई उच्च अदालतको न्यायाधीशमा सिफारीस गरिएको छ ।