जनकपुरधाम(धनुषा) ।राष्ट्रपति विद्यादेवी भण्डारी रामजानकी विवाह महोत्सवको चौथो दिन तिलकोत्सव समारोहमा सहभागी हुनुभएको छ ।
विवाह महोत्सवमा सहभागी बन्न शुक्रबार जनकपुरधाम आउनुभएकी राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा विशेष पूजाअर्चना समेत गर्नुभएको छ ।
जानकी मन्दिरको पूजापछि भण्डारी प्रदेश सरकारले आयोजना गरेको भोजमा सहभागी हुने कार्यक्रम छ ।
विवाह महोत्सवअन्तर्गत जनकपुरको रंगभूमि मैदान बाह्र बिघामा तिलक समारोह आयोजना गरिएको छ। राष्ट्रपति भण्डारी समारोहमा सम्बोधन गर्ने कार्यक्रम छ।

भण्डारीले रामजानकी विवाह महोत्सवमा भारतको अयोध्याबाट आएका जन्तीलाई पनि स्वागत गर्नुहुने छ । भण्डारीलाई जनकपुरका कलाकाहरुले जानकी लिला देखाउने छन्।
राष्ट्रपति भण्डारीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री योगेश भट्टराई, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल पनि सहभागी हुनुहुन्छ ।


















