Prakash Adhikari December 1, 2019

भक्तपुर, १५ मंसिर । भक्तपुर क्षेत्र नम्बर १ (क)को प्रदेशसभा सदस्यको उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णलाल भँडलको अग्रता कायमै रहेको छ।

आइतबार ८ बजेसम्मको मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल नेपाल कम्युनिष्ट पार्टीका देवीप्रसाद ढकालभन्दा २ हजार ४ सय ३६ मतले अघि रहनुभएको छ। भँडेलले १० हजार ३ सय ९५ मत प्राप्त हासिल गर्नुभएको छ भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवीप्रसाद (डीपी) ढकालले ७ हजार ९ सय ५९ मत प्राप्त गर्नुभएको छ। त्यसैगरी नेपाल मजदुर किसान पार्टी(नेमकिपा) का निरज लवजूले २ हजार २ सय ४७ मत हासिल गर्नुभएको छ ।

अहिलेसम्म चाँगुनारायण नगरपालिका वडा नम्बर १ देखि ७ सम्म मत गणना गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भिमबहादुर बिसीले जानकारी दिनुभएको छ।

Share Now

Leave a comment.