Prakash Adhikari December 6, 2019

काठमाडौं, २० मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत अन्तर्गत शुक्रबारबाट दर्जन बढी खेलहरु हुँदैछन् ।

आजका खेलहरु काठमाडौं, ललितपुर, पोखरा र जनकपुरमा हुँदैछन् ।

आज पोखरामा आर्चरीका खेल सुरु हुनेछन्।

यस्तै पोखरामा हुने ब्याडमिन्टनमा सबै इभेन्टका फाइनल हुनेछन्।

यस्तै दशरथ रंगशालामा एथ्लेटिक्सका इभेन्ट जारी हुनेछन्।

एथेलिटिक्सको महिला ५ हजार मिटरमा सन्तोषी श्रेष्ठबाट नेपालले पदकको अपेक्षा गरेको छ।

त्रिपुरेश्वरको दशरथ रंगशालामा बास्केटबलका खेल जारी रहनेछन्।

शुक्रबारबाट सातदोबाटोको कराते कबर्डहलमा बक्सिङका पहिलो चरणका इभेन्ट हुनेछन्।

पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्सबीच कीर्तिपुरमा खेल हुनेछ।

फेन्सिङमा ३ वटा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।

पुरुष फुटबलमा शुक्रबार रेस्ट डे राखिएको छ।

गल्फमा फाइनल चरणका खेल हुनेछ।

ह्यान्डबल र कबड्डीका खेल पनि जारी रहनेछन्।

सुटिङ पनि शुक्रबार जारी हुनेछ। शुक्रबारदेखि स्क्वास सुरु हुनेछ।

पौडीमा ७ स्वर्णका लागि भिडन्त हुनेछ।

टेनिसमा प्रतिस्पर्धा पनि जारी रहनेछ।

जनकपुरमा कुस्तीका खेलहरु जारी रहनेछन् ।

टेवलटेनिसमा शुक्रबार अन्तिम चरणका खेल हुनेछन्।

Share Now

Leave a comment.