Prakash Adhikari December 6, 2019

 

प्रकाश अधिकारी

काठमाडौं, २० मंसिर । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेपाल भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने तयारीमा जुटिरहेको बेला नेपालमा विदेशी पर्यटक ओसार्ने राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको भने विश्वव्यापी वदनामी भएको छ ।

पूर्ण सरकारी स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमलाई सुधार्ने कार्यादेशसहित प्रधानमन्त्री के पी शर्मा ओलीको विशेष निगाहमा कार्यकारी अध्यक्षमा नियुक्त हुनुभएका मदन खरेलले आफ्नो झण्डै डेढ बर्षको कार्यकालमा निगमलाई संसारको निकृष्ट वायुसेवामा परिणत गर्नुभएको छ । नियुक्ति लिएर पदवहाली गर्ने वित्तिकै निगमको समग्र सुधारमाभन्दा आफ्नो आर्थिक सुधारमा लाग्नुभएका अध्यक्ष आफ्नै सुधारको लागि यसै साता इण्डोनेशियातर्फ लाग्नुभएको बताइन्छ ।

इण्डोनेशियाको गरुडा एअरलाइन्समा निगमले आफ्ना पाइलटहरुलाई आधारभूत, सिमुलेटर र उच्चस्तरका तालिम दिने संझौता गरेको छ । निगममा झण्डै ४० जना जति पाइलटहरु छन् । हरेक छ।। छ महिनामा लिनुपर्ने यस्तो तालिम खर्चको भुक्तानीको कमिशन लिने र निगमको ३३० २४३ सेरिजका दुई जहाजको इञ्जिन तथा बडी मर्मतसंभारको तारतम्य मिलाउन निगमका कन्टिन्युड एअरवर्दिनेस विभागका निर्देशक राजेशप्रसाद श्रेष्ठसंगै अध्यक्ष खरेल इण्डोनेशियाको जकार्ता पुग्नुभएको बताइन्छ । उहाँहरुको साथमा अपरेसन्स विभागका निर्देशक क्याप्टेन दिपु ज्वहारचन पनि जाने तयारी थियो । पछि उहाँको नाम काटियो तर निगमका अध्यक्षलाई रिझाउन अपरेसन्स निर्देशक ज्वहारचन अरुको निर्धारित उडान तालिकामा रहेको जहाज लिएर बैंककसम्म अध्यक्ष खरेललाई पुर्याएर फकनुभयो ।

निगमका विश्वस्त स्रोतको अनुसार अहिले अध्यक्ष खरेलले कन्टिन्युइड.् एअरवर्दिनेस म्यानेजमेण्ट विभाग(इञ्जिनियरिड.)का डाइरेक्टर राजेशप्रसाद श्रेष्ठ, सामान्य सेवा तथा सम्पत्ति व्यवस्थापन विभागका डाइरेक्टर अमृतमान श्रेष्ठ, इञ्जिनियरिड. मर्मत विभागका प्रमुख कर्णबहादुर थापा,अपरेसन्स विभागका निर्देशक क्याप्टेन दिपु ज्वहारचन र जनशक्ति विभागका डाइरेक्टर अशोक सिग्देलमार्फत घुस र कमिशनको गोरखधन्दा चलाउने गर्नुभएको छ । केही समय पहिले भएको कर्मचारी छनोटको नतिजा प्रकाशन र बढुवामा नम्बर नहालिकन हस्ताक्षर गर्न लगाएर आफूले रुचाएका र रकम लिएका व्यक्तिलाईमात्र पास गरेको गुनासो अहिले निगममा व्यापक छ । विदेशस्थित निगमको स्टेशनमा भएको पोष्टिड.मा सञ्चालक समितिलाई समेत झुक्याएर लिलाम बढाबढ गरिएको कर्मचारीहरुले बताएका छन् ।

अहिले अध्यक्षको नियमित कमाईको स्रोत इञ्जिनियरिड. र कर्मसियल बाहेक अपरेसन्स पनि भएको बताइन्छ । उडिरहेको जहाजमा ककपिटमा निदाएर चर्चामा आएका विदेशी क्याप्टेन नागराजलाई अहिले पनि निगमले मासिक १५ लाख रुपैया दिएर राखेको छ जबकि उहाँले महिनाको १० घण्टा पनि जहाज उडाउनुहुन्न । थोरैसमय उडाएर निगमको कोषबाट मासिक १९ लाखको हाराहारीमा तलब बुझ्ने विदेशी पाइटलहरुको संख्या अहिले एक दर्जन जति रहेको छ । निगमका अध्यक्ष र अपरेसन्स डाइरेक्टरसंग तिनलाई नेपाली क्याप्टेनहरुले प्रतिस्थापन गर्ने योजना छैन । विदेशी पाइलटको नाममा निकासा भएको पारिश्रमिक नै अपरेसन्स विभाग प्रमुख र अध्यक्षबीच बाँडचुड हुने गरेको बताइन्छ ।

खरेलको दुर्भाग्य

नेपाल भ्रमण बर्षको संघारमा पर्यटकहरुलाई विदेशी उद्गम बजारबाट नेपाल ल्याउन र नेपाल आएका पर्यटकलाई देशका विभिन्न पर्यटकीय गन्तव्यमा पुर्याउन महत्वपूर्ण भूमिका हुने नेपाल वायुसेवा निगमलाई एअरलाइन्सहरुको सेवाको स्तरको आधारमा वर्गीकरण गर्ने एअरलाइन्स रेटिड. डट कमले  खराब वायुसेवाको सूचीमा शीर्षस्थानमा राखेको छ । एअरलाइन्स रेटिड. डट कमले नेपालको तारा एअर र नेपाल वायुसेवा निगमलाई सबैभन्दा वायुसेवाको सूचीमा राखेको छ ।

यो बर्षको अन्य खराब वायुसेवाको सूचीमा अफगानिस्तानको राष्ट्रिय ध्वजाबाहक एरियाना,सुरिनामको ब्ल्यूविड.,अफगानिस्तानकै काम एअर,इण्डोनेशियाको तिरड.गा,कजाकस्तानको स्क्याट एअरलाइन्स परेका छन् ।

नागरिक उड्डयनको क्षेत्रमा अनुसन्धान गर्ने स्काइट्रयाक्सले यस बर्षका उत्तम वायुसेवाहरुको सूची पनि प्रकाशित गरेको छ । निगमका अध्यक्ष खरेलले चमत्कारिक सुधार गरेको भए नेपाल वायुसेवा निगम उत्कृष्ट एअरलाइन्सहरुको सूचीमा चढन पनि सक्थ्यो तर त्यस्तो सौभाग्य नेपालको राष्ट्रिय ध्वजावाहकले पाएन ।

राम्रा वायुसेवाको शीर्षस्थानमा यस बर्ष कतारको कतार एअरवेज विराजमान भयो । यो गत बर्ष दोस्रो स्थानमा थियो । गतबर्ष पहिलो स्थानमा रहेका सिंगापुर एअरलाइन्स यसबर्ष दोस्रो स्थानमा झरको छ । तेस्रो स्थानमा जापानको अल निप्पोन एअरलाइन्स एआईआई निप्पोन एअरवेज यथावत कायम रहेको छ । चौथो स्थानमा हंगकंगको क्याथे प्यासेफिक रहेको छ, यो गतबर्ष छैठौ स्थानमा रहेको थियो । पाँचौ स्थानमा इमिरेट्स रहेको छ, जुन गत बर्ष चौथो स्थानमा थियो । छैठौ स्थान इभा एअरले लिएको छ जुन गत बर्ष पाँचौ स्थानमा थियो ।सातौं स्थान चीनको हाइनान एअरलाइन्सले लिएको छ,यो अघिल्लो बर्ष आठौं स्थानमा थियो । आठौंस्थान अष्टे्रलियाको क्वान्टासले लिएको छ जुन गत बष ११ औं स्थानमा रहेको थियो । नवौं स्थान जर्मनीको लुफ्थान्जाले लिएको छ, गतबर्षयो सातौ स्थानमा थियो । १० औं स्थानमा थाइलैण्डको थाई एअरवेज यथावत रहेकोे छ ।

यसैगरी ११ औ स्थानमा जापान एअरलाइन्स,१२ औंमा इण्डोनेशियाको गरुडा, १३ औंमा स्वीस इन्टरनेशनल एअरलाइन्स, १४ औंमा चाइना साउथर्न, १५ औंमा अष्ट्रियन एअरलाइन्स,१६औंमा एअर न्युजिल्याण्ड, १७ औंमा बैकक एअरवेज,१८ औंमा केएलएम डच एअरलाइन्स, १९ औंमा ब्रिटिस एअरवेज र २० औंमा एअर एशिया परेका छन् ।

झन झन बिग्रदै

नेपाल एअरलाइन्समा सुधारको कुनै संकेत देखिएको छैन । हरेक निर्णय विवादित बनेका छन् । हरेक ठेक्कापट्टामा लड्डु जुधाएर झिल्ली झारेर खाने शैली कार्यकारी अध्यक्ष खरेलले देखाउनुभएको छ । यसको पछिल्लो उदाहरण साउदी अरेबियाको लागि जीएसए चयनमा भएको टेण्डर रद्द गरेर उहाँले देखाउनुभएको छ । निगम सूत्रका अनुसार न्यूनतम् पूर्वाधार, योग्यता र अनुभव नभएको कम्पनीलाई दिने तानाबाना बुनिरहनुभएका अध्यक्ष खरेललाई सञ्चालकहरुले ट्राभल एजेन्सी नभएको कम्पनीलाई दिनमिल्दैन भन्ने प्रश्न उठाएर नाजवाफ बनाएका थिए । पछि स्थलगत अवलोकन भ्रमणमा समेत सो कम्पनीको अवस्थाको बारेमा कैफियत जनाइएको प्रतिवेदन प्राप्त भएपछि दोस्रो स्थानमा रहेको मिहाराले सो काम पाउनुपर्ने थियो । तर पहिल्यै रकमकलम बुझेकोले निगमका अध्यक्षले सो टेण्डर प्रक्रिया रद्द गरी संभावित पार्टीसंग पत्राचारद्धारा आपसी वार्ताका भरमा चयन गने निर्णय सञ्चालक समितिबाट गराउनुभएको छ ।

मन्त्री भट्टराईले केही दिन पहिले भएको मन्त्रालयको प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा पनि निगमका अध्यक्ष खरेलको नामै नलिइकन काम गर्न नसक्नेहरुले ठाँउ छोड्नु पर्ने र अटेरी गरेमा निकाल्न बाध्य हुने चेतावनी समेत दिनुभएको थियो । तर अध्यक्ष खरेलमा त्यसको प्रभाव कति पनि छैन् । उहाँले आफू निकटका निगमका कर्मचारीहरुलाई म मन्त्रीलाई देखाइदिन्छु भन्ने चुनौति दिनुहुन्छ । ९ तारिखमा इण्डोनेशियाबाट फर्कनेवित्तिकै निगमका अध्यक्ष खरेलले अष्ट्रेलिया जाने भ्रमण तालिका बनाउनुभएको निगम सूत्रले बताएको छ । उहाँ मन्त्रीलाई छलेर लुकेर कुर्सीमा टिकिरहने दाउमा राख्नुभएको छ ।

उहाँले आफूलाई प्रधानमन्त्री ओलीले नै ल्याएको हुनाले मन्त्रीले हल्लाउन नसक्ने बताए पनि यथार्थ त्यस्तो छैन् । प्रधानमन्त्री ओलीलाई पनि अध्यक्षको कार्यशैली र कार्यसम्पादन मन परेको छैन् ।उहाँले निगमको बार्षिकोत्सवमा सारा अतिथि र निगमका कर्मचारीका सामु आफूलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्ने निगम अध्यक्ष खरेलको सातो जानेगरी गाली गर्नुभयो ।

अध्यक्ष खरेलले आफ्नो गलत धन्दागिरीका कारण परिवारका सदस्यहरुको राजनीतिक जीवन पनि धरापमा पार्नुभएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निगमको जहाज खरिदका सम्बन्धमा बनाएको छानवीन समितिले वर्तमान अध्यक्ष महाप्रबन्धक रहेको बेलामा खरिद भएका न्यारोबडीका जहाजको खरिदमा पनि करिब ३ अर्ब भ्रष्टाचार भएको विवरण पहिल्याए पछि सो प्रतिवेदनबाट सो अंश हटाउन उहाँले समितिकी सभापति तथा आफ्नी भाउजु पवित्रा निरौला खरेलको पद,प्रतिष्ठा,शक्ति र सांसदको अधिकारको दुरुपयोग गराउनुभयो । उहाँलाई जोगाउदा पार्टीले भ्रष्टाचारको वदनामीको बर्को सधै ओढनु परेको नेकपाका सांसदहरुले नै आरोप लगाइरहेका छन् ।

यता जापानको नारितामा जीएसए छनौट र निगमको न्यारोबडीका जहाजको इञ्जिन तथा बडीको मर्मत संभार र वाइडबडीको विमानको उपकरणहरुको पावरवाई आवर वेसिसमा खरिद गर्ने सम्बन्धमा भएका निर्णयहरु सच्याउन संसदको सार्वजनिक लेखा समितिले दिएका निर्देशनविरुद्ध सर्वोच्च अदालतलाई महान्यायाधिवक्ता अग्निप्रसाद खरेलमार्फत परिचालन गर्ने दुस्साहस गरेपछि प्रधानमन्त्री के.पी. शर्मा ओलीले महान्यायाधिवक्ता विरुद्ध सौता हाल्नुभएको छ । महान्यायाधिवक्ता नेपाल सरकारको कानूनी सल्लाहकार मानिन्छ, प्रधानमन्त्रीदेखि राष्ट्रपति र राज्यका सम्पूर्ण निकायको कानूनी प्रतिरक्ष ागर्ने कानूनी सल्लाहकार उहाँ नै हो तर प्रधानमन्त्रीसंगको निकटता र वालुवाटारको नाममा उहाँले अदालतमा अनावश्यक दबाब दिन थालेपछि प्रधानमन्त्री के पी शर्मा ओलीले मकवानपुरका अधिवक्ता बाबुराम दाहाललाई कानूनका विज्ञको रुपमा वालुवाटारमा सल्लाहकारको भूमिकामा भित्र्याउनुभएको छ ।

मन्त्री भट्टराईलाई समयको चाप

साउन १५ गते सपथग्रहण गरेर पदभार सम्हानेवित्तिकै वर्तमान संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भन्नुभएको थियो, म नेपाल एअरलाइन्सलाई वाह नेपाल एअरलाइन्स भन्ने बनाउछु भनेर ।

उहाँले मन्त्रालय सम्हालेको ४ महिना बढी भयो,तर वर्तमान अध्यक्षबाट निगमको सुधार हुने कुनै लक्षण देखिएको छैन । नेपाल भ्रमण बर्ष २०२० आउन तीन हप्तामात्र बाँकी छ, अन्तराष्ट्रिय बजारमा खस्कदो साःख, विग्रदो व्यवस्थापन,बढ्दो आर्थिक अनियमितता र भ्रष्टाचार,खस्कदो वित्तीय अवस्था,गन्तव्य विस्तार र व्यापार अभिबृद्धिमा देखिएको सिथिलताले आउदा दिनमा उहाँ कुर्सीमा रहेसम्म निगममा सुधार हुनसक्ने संकेत पनि देखिएको छैन् । यसैले मन्त्री भट्टराई उहाँलाई पदत्याग गर्न दबाव दिइरहनुभएको छ ।

मन्त्री भट्टराईले हालै नयाँ पत्रिकामा दिनुभएको अन्तर्वार्तामा पनि भन्नुभएको छ,’नेपाल वायुसेवा निगमको व्यवस्थापन सुधार गर्न सानोतिनो औषधि दिएर पुग्दैन, ठूलो अप्रेसन नै गर्नुपर्ने हुन्छ । त्यतिवेला कतिपय मानिस फालिन सक्छन् । बजारमा प्रतिस्पर्धी क्षमता भएका मानिस ल्याउनुपर्नेछ । व्यवस्थापनका लागि केही अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले चासो देखाएका छन् । हामीलाई फाइदा हुने गरी अगाडि बढ्नेछौँ । यसरी अबको केही वर्षमा निगम राम्ररी खुट्टा टेक्ने अवस्थामा पुग्नेछ ।’

अन्तर्वार्ताको क्रममा मन्त्री आफैले पनि निगम सुधार सुझाब अध्ययन समितिले दिएका सुझाबलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । समितिले आफ्नो निश्कर्षमा भनेको छ : निगमको वर्तमान व्यवस्थापन बढ्दो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा नेपाल सरकाको भ्रमण वर्ष २०२० मा लिइएका लक्ष्यको सन्दर्भ जस्ता आधारभूत विषयहरुमा समेत निगमलाई हाँक्न सक्ने देखिएन विशेष गरी ब्यवसायिक कार्ययोजना९बिजनेस प्लान० को लागि प्राविधिक क्षमता विकास गर्ने जस्ता कुनेपनि विषयमा सक्षम र तत्पर देखिएन बरु आन्तरिक अवस्थापनका९मिस म्यानेजमेण्ट० कारण निगमलाइ धराशायी बनाउन सक्ने देखियो । यस्तो अवस्थाबाट उकास्न नेपाल सरकार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट तत्कालै योग्य अनुभवी र सक्षम व्यवस्थापन बनाउन व्यवस्थापकीय पुनर्संरचना गर्नुपर्ने देखियो ।तत्काल निगमले त्यो संभव नदेखिएकोले अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त विमान कम्पनीहरुसंग सहकार्य गरी व्यवस्थापन करार वा साझेदारी गर्नुपर्ने देखियो । विदेशी व्यवस्थापन विज्ञ छनौट गर्दा निगमको दीर्घकालीन सुधार योजनामा समेत सहभागी हुन सक्ने,कोड सेयरमार्फत तत्कालै अन्तर्राष्ट्रिय गन्तब्यमा ब्यापार प्रबर्धन गर्न सक्ने,निगमको क्षमता अभिवृद्धिमा स्वार्थ नबाझिने र आवश्यक परेको खण्डमा लगानी समेत गर्न सक्ने साझेदारको खोजी गर्नुपर्ने देखियो ।

मन्त्री भट्टराईले निगम व्यवस्थापकको कार्यक्षमतामा नै प्रश्न उठाउनुभएको छ । जापानको ओशाका र नारिता विवादको कुरा उठाउदै भन्नुभएको छ, निगममा बजार विश्लेषण गर्न सक्ने क्षमता भएका जनशक्तिको अभाव छ । आफ्ना कमजोरीले मुलुकलाई घाटा बनाउनुहुँदैन, योग्य मान्छेलाई कहिलेकाहीँ ठाउँ छोडिदिनुपर्छ ।

उहाँले देशभित्र र अन्तर्राष्ट्रिय क्षेत्रमा सेवा दिन ३ वटा साना जहाज, ७२ सिटसम्मका २ वटा एटीआर र ३ वटा न्यारोबडी थप्नुपर्ने पनि बताउनुभएको छ। उहाँले युरोपियन युनियनले उठाएको गम्भीर सुरक्षा चासो मध्ये प्राधिकरणलाई नियमनकारी निकाय र सेवाप्रदायक संस्थाका रूपमा दुई भागमा विभाजन गर्ने ऐनको मस्यौदा मन्त्रिपरिषदमा पुगेको बताउदै त्यो संसद्बाट पारित भएसँगै नेपाल कालोसूचीबाट हट्ने विश्वास व्यक्त गर्नुभएको छ ।

घिमिरे समितिले औल्याएका कमजोरीहरु

  • निगममा आवश्यकताभन्दा बढी विभाग छन । विभागहरुमा कामको जिम्मेवारी,जनशक्तिको व्यवस्थापन र कार्यविभाजन मिलेको छैन ।
  • कर्मचारीको दरबन्दी र सांगठानिक संरचनामा तादात्म्यता मिलेकोछैन । ओभरस्टाफिड. छ ।
  • तालिममा लगानी छ तर प्रतिफल छैन ।
  • निगमका मानवसंशासधन,अर्थ,वाणिज्य,साधारणसेवा तथा सम्पत्ति व्यवस्थापन विभाग, उडान सञ्चालन र इञ्जिनियरिड. विभागमा अनुभवी नेतृत्वको अभावमा निगमको समग्र व्यवस्सथापन नै कमजोर भएको पाइयो ।
  • अन्तरविभागका अतिरिक्त निगमले सहयोग लिइरहेका बैक तथा वित्तिय संस्थाहरु जस्तो संचय कोष, नागरिक लगानी कोष, संस्कृति पर्यटन तथा नागििरक उड्डयन मन्त्रालय,अर्थ मन्त्रालय र अन्य सरकारी निकायसंग सुमधुर सम्बन्ध कायम गर्न नसकेको देखियो ।
  • अन्तराष्टिय स्तरको वायुसेवा कम्पनीको बजार व्यवस्थापन तथा प्रबर्धन योजना,जनशक्ति योजना तथा व्यवस्थापन, उडान तयारी तथा व्यवस्थापन, वित्तीय योजना तथा व्यवस्थापन आदि विषयमा योजनाबद्ध तयारी हुनुपर्नेमा भएको देखिएन ।
  • निगमसंग ३२०-२०० दुईवटा, ३३०-२४३ दुईवटा, एमए ६०,चारवटा वाई१२, दुईवटा डीएचसी ६ ट्वीन ओटर र एउटा मर्मतमा रहेको ट्वीन ओटर गरी १३ वटा जहजा रहेका छन तर तीमध्ये एम ए ६० र वाई १२ पूर्ण क्षमतामा चलेका छैनन् र निरन्तर घाटामा सिर्जना गरिरहेका छन् । एक ट्वीन ओटर जहाज २०१२ देखि निरन्तर ह्यांगरमा थन्केर बसेको छ ।
  • ३३० २०० ल्याएको एकबर्षबढी भैसक्दा पनि व्यवसायिक हिसाबले उपयुक्त गन्तब्य तय हुनसकेको छैन ।
  • निगमले नयाँ जहाजहरु ल्इाएपछि सोहि अनुरुपको मर्मत संभार गर्न सक्ने भौतिक पूर्वाधार र जनशक्ति तयार गर्नुुपर्नेमा इञ्जिनियरिड. विभागले गरेको देखिएन । ७ बर्षदेखि ट्विन ओटर विमान ह्यांगरमा थन्किनस र एमए ६० तथा वाई १२ जहाजहरुमर्मत संभार गर्न नसकी लामोसमय भूमिस्थ अवस्थामा रहनु जस्ता घटनाले यस विभागको कार्यक्षतामा कमजोरी रहेको देखिन्छ ।
  • झण्डै चारबर्ष पुराना दुईओटा न्यारोबडी ए ३२०-२०० का जहाजहरुको इञ्जिन तथा बडी मर्मतसंभारको एमआरओ छनौट हुन नसक्नु र वाइड बडीका जहाजको पार्टपूर्जा सप्लायर्ससंगको संझौता कार्यान्वयन नगर्दा हालसम्म करौडौ रुपैया अतिरिक्त नोक्सान व्यहोर्नु परेको छ ।
  • ग्राउण्ड हेण्डलिड.लाई जति प्राथमिकता दिनुपर्ने हो त्यति दिएको देखिएन ।
  • वैज्ञानिक समयतालिका तयार पारेर बढीभन्दाबढी आय गर्ने कार्यक्रम तयार गर्नुपनेमा बाणिज्य विभागले गरेको पाइएन । यो परम्परागत ढंगले चलिरहेकोछ ।
  • निगमको स्थिर सम्पत्तिको पनि कुशल व्यवस्थापन भएको छैन। रहेका जग्गाहरुको उचित उपयोग भएको छैन भन उडानबाट निगमले बोइड.लाई विस्थापन गरेपनि त्यसका पार्टपूर्जाहरु टन्नै रहेका छन्।
  • निगमले हालसम्म नेपाल वित्तीय प्रतिवदन मान लागू गरेको छैन । सो अनुरुप उपयुक्त सफ्टवेयर विकास गरी लागू गर्नुपर्ने देखिन्छ ।
  • हवाई जहाज सञ्चालन गरेर अधिकतम यात्रुहरुलाई सुरक्षित गन्तव्यमा पुर्याई, भरपर्दो र सुरक्षित एवम् विश्वसनीय सेवा प्रदान गरी आय आर्जन गर्ने उद्देश्यले स्थापना भएको निगममा भएका जहाज चलाउने पाइलटहरुको अभाव छ । जहाज खरिद योजनासंगै आवश्यक प्राविधिक जनशक्ति तयार पार्न नसक्नु निगम व्यवस्थापनको ठूलो कमजोरी देखिन्छ ।
Share Now

Leave a comment.