Prakash Adhikari December 7, 2019

काठमाडौं, २१ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत शनिबार एथ्लेटिक्सको ९ वटा स्वर्णका लागि भिडन्त हुनेछ।

यस अन्तरगतको महिला र पुरुष म्याराथन दशरथ रंगशालाबाट सुरू बिहान ७ बजे नै सुरु भैसकेको छ।

पोखरामा आर्चरीको ४ वटा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। बास्केटबल त्रिपुरेश्वरमा जारी रहनेछन् भने बक्सिङको क्वार्टरफाइनलका खेल हुनेछन्।

पुरुष क्रिकेटमा नेपाल र बंगलादेशबीच ११ बजे खेल कीर्तिपुर मैदानमा खेल हुनेछ।

महिला क्रिकेटको तेस्रो स्थानका लागि नेपालले माल्दिभ्ससँग पोखरा रंगशालामा भिड्नेछ।

साइक्लिङमा रोड रेसका २ वटा स्वर्णका लागि खेल हुनेछ। फेन्सिङमा ३ स्वर्णका लागि भिडन्त हुनेछ।

दशरथ रंगशालामा साढे १ बजे पुरुष फुटबलमा नेपाल र माल्दिभ्सबीच खेल हुनेछ।

पोखरामा ह्यान्डबलको सेमिफाइनल हुनेछ। जुडोको ड्र शनिबार हुनेछ ।

म्याराथन दौड सुरु

१३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथन दौड सुरु  भएको छ । बिहान सात बजे दशरथ रंगशालाबाट दौड सुरु भएको हो ।

दौडमा पुरुषतर्फ ८ जना र महिलातर्फ ७ जना प्रतिस्पर्धी छन् । पुरुष र महिला दुवैमा नेपालबाट २-२ जना सहभागी छन् । पुरुषतर्फ किरणसिंह बोगटी र होमलाल श्रेष्ठ तथा महिलातर्फ पुष्पा भण्डारी र राजपुरा पछाई सहभागी छन् ।

४२ किलोमिटर दौडमा पुरुषतर्फ  बैकुण्ठ मानन्धरले सन् १९८७ को सागमा २ घण्टा १५ मिनेट ०३ सेकेण्डमा  पूरा गरेका थिए ।

Share Now

Leave a comment.