Prakash Adhikari December 15, 2019

 

पोखरा(कास्की), २९ मंसिर । आइतबारदेखि पोखरामा सुरु भएको पोखरा प्रिमियर लिग (पीपीएल) टी २० अन्तर्गत पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनले काठमाडौँ गोल्डेन वारियर्सलाई ९ विकेटले पराजित गरेको छ।

पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौँले दिएको १ सय १६ रनको लक्ष्य पोखराले मात्र १ विकेट गुमाएर १४.१ ओभरमै पूरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा ओपनर आसिफ शेख १४ रन बनाएर आउट भए । प्रतियोगिताकै पहिलो अर्धशतक बनाउने क्रममा कुशल भुर्तेलले अविजित ६५ रन बनाए। यस्तै रभी इन्दरले अविजित ३८ रन बनाए ।

काठमाडौँको लागि १ मात्र विकेट सुशन भारीले लिए।

यस अघि टस हारेर पहिले ब्याटिंग गर्दै ज्ञानेन्द्र मल्ल कप्तानीकोले २० ओभरमा ८ विकेट गुमाएर काठमाडौँले १ सय १५ रन मात्र बनाएको थियो।

काठमाडौँले ६० रन बनाउदा ६ विकेट गुमायो । ओपनर जयकिशन कोल्सावाला ९, सुबास खकुरेल ६, ज्ञानेन्द्र मल्ल १, गौरभ तोमर १३, पवन सर्राफ ६ तथा पृथु बास्कोटा ७ रन बनाएर आउट भए।

भारतीय खेलाडी सुबोध भाटी ४५ रन बनाएर १७ औं ओभरमा आउट भए । उनलाई भारतीय बलर सर्बजित लड्डाले क्याच आउट गरे। बसन्त रेग्मीले ८ रन बनाए भने सुशन भारि १० रन बनाएर अविजित रहे।

पोखरा पल्टनको बलिंगमा राशिद खान ललित राजबंशी र कुशल मल्लले समान दुइ विकेट लिए। यस्तै प्रथमेश डाके र सर्वजित लड्डाले १ । १ विकेट लिए।

Share Now

Leave a comment.