वाशिंटन(संयुक्त राज्य अमेरिका), ३ पौष(बीबीसी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिन्जेटेटिभले महाभियोग प्रस्ताव बहुमतले पारित गरेको छ । प्रस्तावमा मतदान हुँदा महाभियोग लगाउने पक्षमा २३० मत परेको थियो भने विपक्षमा १९७ मत परेको थियो।
अब त्यो मुद्दा माथिल्लो सदन सिनेट प्रवेश गर्नेछ जसले उनी राष्ट्रपति रहने वा नरहने भन्नेबारे निर्णय गर्नेछ ।
तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरे भन्ने आरोपको पक्षमा मतदान गरेको छ।
त्यो ट्रम्पविरुद्धका दुई महाभियोग आरोपहरू मध्येको एक थियो।

मत पार्टीको लाइन अनुसार नै खसेको थियो किनकि अधिकांश डेमोक्र्याट सदस्यले आरोपको पक्षमा र रिपब्लिकनहरूले आरोपको विपक्षमा मत हालेका थिए।
ट्रम्पले अब महाभियोगको दोस्रो आरोपको रूपमा रहेको कंग्रेसलाई अवरुद्ध तुल्याएको विषयमा मतदानको सामना गर्नेछन्।वासिङ्टन डीसीमा मतदान चल्दै गर्दा राष्ट्रपति ट्रम्प ब्याटल क्रीक, मिशिगनमा उपराष्ट्रपति माइक पेन्ससँगै चुनावी सभालाई सम्बोधन गर्दै थिए।
अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लिकन र डेमोक्र्याटहरू राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउने कि नलगाउने भन्ने विषयमा भइरहेको बहसमा चर्को रुपमा विभाजित देखिएका छन्।
तल्लो सदनबाट महाभियोगमा पर्ने डोनल्ड ट्रम्प तेस्रो अमेरिकी राष्ट्रपति हुने ठानिएको छ।
रिपब्लिकन तर्फबाट राष्ट्रपति रहेका ट्रम्पविरुद्धको दुईवटा अभियोगहरू स्वीकृत गर्ने तयारीमा डेमोक्र्याटिक सांसदहरू छन्।
राष्ट्रपति ट्रम्पले त्यसपछि माथिल्लो सदन सिनेटको अर्को महिना सामना गर्नुपर्नेछ।
सम्भावना
तर माथिल्लो सदनमा उनकै पार्टीका सदस्यहरूको बाहुल्य रहेकोले उनी पदबाट हट्ने सम्भावना भने देखिँदैन।
राष्ट्रपतिले आफूविरुद्धको महाभियोगको प्रक्रियालाई उनकै शब्दमा ‘कु’को प्रयास भनेका छन्।
के ट्रम्पलाई राष्ट्रपतिबाट हटाउन सम्भव छ?
तल्लो सदनकी सभामुख तथा डेमोक्र्याटिक वरिष्ठ नेता न्यान्सी पेलोसीलाई महाभियोगबारे मतदानको पूर्वसन्ध्यामा ६ पृष्ठ लामो पत्र लेखेका थिए।
त्यसमा ट्रम्पले आफूलाई १७औं शताब्दीका जादुटुना गर्नेलाई भन्दा पनि नराम्रो व्यवहार गरिएको बताएका थिए।
यसैबीच, विदेशमन्त्री माइक पोम्पेओले सिनेटमा हुने सुनुवाइमा ‘यदि कानुनले चाहेमा र उपयुक्त भए’ आफू ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी विषयमा बयान दिन तयार रहेको पत्रकारहरूलाई बताएका छन्।
मतदानपूर्वको अन्योल
स्थानीय समय अनुसार बुधवार दिउँसो तल्लो सदनका सदस्यहरूले महाभियोगको विषयमा ६ घण्टा लामो बहस गरेका थिए।
उनीहरूले त्यसपछि महाभियोगका दुवै आरोपमा मतदान गर्ने ठानिएको छ।
आफ्नो धारणा राख्दै पेलोसीले राष्ट्रपतिको लापरवाहीपूर्ण कदमले महाभियोगको प्रक्रियामा पुर्याउनु दु:खदायी भएको बताइन्।
उनले सांसदहरूसँग त्यसको विकल्प नरहेको पनि बताइन्।

महाभियोगको पक्षमा संसद् भवनबाहिर र विभिन्न सहरमा प्रदर्शनहरू भएका छन्
उनले भनिन्: “राष्ट्रपति हाम्रो राष्ट्रिय सुरक्षा र प्रजातन्त्रका लागि निरन्तर खतरा बनेका छन्।”
तर रिपब्लिकनहरूले भने त्यसको प्रतिवाद गरे।
जर्जियाका सांसद डोग कोलिन्सले ट्रम्पले केही खराब नगरेको भन्दै अर्को चुनावमा ट्रम्पको सामना गर्न डराएर डेमोक्र्याटहरूले महाभियोग लगाउन चाहेको बताए।



















