काठमाडौ,२ पौष । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले विश्व विद्यालय सेवा आयोगले कर्मचारीहरुको विज्ञापन गर्दा दुई तहको उपेक्षा गरेको भन्दै आन्दोलनको सुरु गरेको छ ।
संघले त्रिभुवन विश्वविद्यालय सेवा आयोगले मंसिर १५ गते प्रकाशित गरेको विज्ञापनमा कार्यालय सहयोगी र ड्राइभर पदमा विज्ञापन नगरेको जनाउदै मंसिर २५ देखि नै विरोध प्रदर्शनका कार्यक्रम गर्दै आएको छ ।
आयोगले सो विरोध प्रदर्शनमा पनि उचित ध्यान नदिएकोले कर्मचारी संघले आन्दोलनलाई शसक्त बनाउन मंसिर ३० गतेदेखि सबै क्याम्पसका एकाईहरुलाई क्याम्पसका अन्य संगठनहरुसहितको सहकार्यमा नियमित काम रोकेर कलम बन्द गरी दिउँसो १२ बजेदेखि १ बजेसम्म क्याम्पसको प्रांगणमा विरोध जनाउने, पौष १ गते कालो पट्टीबाँधी सोही समयमा क्याम्पस प्रांगणमा विरोध प्रर्दशन गर्ने र पौष २ दिउँसो १२ बजेदेखि अपरान्ह २ बजेसम्म कमल बन्द गरी हातमा कालोपट्टी लगाएर विरोध प्रर्दशन गरिसकेको छ ।
यसै सन्दर्भमा पौष २ गते नेपाल कमर्श क्याम्पस मिन भवनमा पनि कर्मचारीहरुको आह्वानमा विरोध प्रदर्शन भएको थियो ।
संघले आयोगले अझै ध्यान नदिएमा विरोधका थप कार्यक्रम ल्याउने जनाएको छ ।


















