Prakash Adhikari December 19, 2019

काठमाडौं, ३ पौष । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको डायलासिसका लागि त्रिभुवन शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको छ।

https://www.facebook.com/permalink.php?story_fbid=105093147663965&id=105043977668882

बिहीबार दिउँसो उहाँ डायलासिसका लागि सेन्टरमा रहनुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा उल्लेख गर्नुभएको छ ।

गत र्कािर्तक यता प्रधानमन्त्री ओलीको यो १० औँ पटकको डायलासिस हो।

एपेन्डिसाइटिस भएर १० दिनसम्म उपचार गरेर फर्किएको छैटौँ दिनमा प्रधानमन्त्री ओली मिर्गौलाको नवौँ डायलाइसिस भएको थियो।

१२ बर्ष पहिले भारतमा प्रत्यारोपण गरिएको मृगौलाले काम गर्न छोडेपछि गत भदौमा मिर्गौलाको कार्यक्षमता बढाउनका लागि उहाँलाई सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा भर्ना गरिएको थियो । शरीरमा भएको एण्डिबडीलाई ६ पटकसम्म प्लाज्मा फेरोसिस पद्धतिमार्फत नियन्त्रण गरेपछि पनि त्यसले नियमित काम गरिरहेको छैन् ।

गत कार्तिक महिनादेखि उहाँको मृगौलाको भार कम गर्न नेपालमा नै डायलासिस थालिएको हो । उहाँको धापासीस्थित ग्राण्डी अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियो थोरासिक  भास्कुलर एण्ड ट्रान्स्प्लान्ट सेन्टरमा डायलाइसिस हुँदै आएको छ।

गत मंसिर ९ गते अकास्मात पेटमा असैह्य दर्द भएपछि सो सेन्टरमा भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको पेटमा एपेन्डिसाइटिस फुटेको पत्ता लागेपछि उहाँको शीघ्र अप्रेशन गरिएको थियो । अप्रेसनपश्चात भेन्टिलेरमा रहनुभएका प्रधानमन्त्री १० दिन आईसीयुमा रहनुभएको थियो ।

सो अवस्थामा पनि उहाँको मिर्गौलाको पनि डायलाइसिस भएको थियो।

डायलासिस सकिएपछि ओली बिहीबार नै सरकारी निवास वालुवाटार फर्किने तयारी छ।

मृगौलाको िनियमित डायलासिसको कारण प्रधानमन्त्री ओली आज भएको नेपालको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा सरिक हुन सक्नुभएन ।

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री पदेन रहने व्यवस्था छ ।

Tu convocation 2019को लागि तस्बिर परिणाम

दीक्षान्तको समयमा बस्ने सीनेट बैठक, विशेष अतिथि सहित सिनेट सदस्यहरुको शोभायात्रा, स्वर्णपदक विजेता विद्यार्थीहरुलाई पदक वितरण र दीक्षान्त समारोहलाई सम्बोधन जस्ता औपचारिक कार्यक्रममा नै धेरै समय बस्नु पर्ने भएकोले प्रधानमन्त्री ओली दीक्षान्तमा सरिक हुुन सक्नुभएन ।

प्रधानमन्त्री तथा कुलपतिको अनुपस्थितिले उहाँको गम्भीर स्वास्थ्यवस्थाको संकेत गरेको छ । कतिपयले त प्रधानमन्त्री कार्यकारीबाट सेरेमोनियलमा रुपान्तरित भैसक्नुभएको ब्यंग्य पनि गर्न थालेका छन् ।

पुल्चोक इन्जिनीयरिङ क्याम्पस प्राङ्गण ललितपुरमा सम्पन्न ४५ औं दीक्षान्त समारोहमा विश्वविद्यालयका विभिन्न तहका ७० हजार ७७ जना विद्यार्थीहरु दीक्षित भएका छन्।

समारोहमा १० हजार १ सय ८३ जना विद्यार्थीमात्र सहभागी भएका थिए। कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोख्ररेल, विभिन्न संकायका डिन, उपकुलपतिहरु र ढाका विश्वविद्यालयका उपकुलपति डा.मोहम्मद अख्तरुज्जमान पनि उपस्थित भई विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो।

उत्त समारोहमा पीएचडीका ८५ र एमफिलका ४० दीक्षित भए। त्यस्तै स्नातकोत्तर र स्नातक तह उत्तीर्ण गरेका कृषि तथा पशु विज्ञानमा १ सय ३२, शिक्षामा ७ सय ७१, मानविकीमा २ हजार ९१, इन्जिनियरिङमा १ हजार १ सय ८६, वन विज्ञानमा ३३, कानुनमा १ सय ८०, चिकित्सामा ८ सय ६४, व्यवस्थापनमा ३ हजार ७ सय तिन र विज्ञानमा १ हजार ९८ विद्यार्थी दीक्षित भएका थिए।

यस समारोहमा विभिन्न ३१ विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई शिक्षा मन्त्री गिरिराजमणि पोख्ररेलले मेडल सहित प्रमाणपत्र प्रदान गर्नुभएको हो।

Share Now

Leave a comment.